back
CTIZAN AD

अब साधनाले घर-घरमै औषधि पुर्याउने

वि.सं.२०७७ माघ २३ शुक्रवार

591 

shares

२३ माघ, काठमाडौं । नियमित औषधि सेवन गरिरहेकाहरूलाई औषधि सकियो, किन्न जान पाइएन भन्ने चिन्ता हटेको छ । अब यस्ता बिरामीलाई घरमा नै औषधि उपलब्ध हुने भएको छ । साधना होलसेल फार्मा कम्पनीले सर्वसाधारणलाई आवश्यक पर्ने औषधि घरमा नै पु¥याउने व्यवस्था मिलाएको हो ।

अनलाइन प्रणालीबाट कम्पनीले चिकित्सकको प्रेसक्रिप्सन अनुसारका औषधि घरमा नै पु¥याउने व्यवस्था मिलाएको छ । यसका निम्ति उपभोक्ताले कम्पनीको वेबसाइटमा गई लगइन गरेर चिकित्सकको प्रेसक्रिप्सन सबमिट गर्दै आफूलाई चाहिएको औषधिका मात्रा पनि उल्लेख गर्नुपर्नेछ । यसरी सेन्ड गरेको ४८ घण्टाभित्रमा नै उपभोक्ताको घरमा औषधि डेलिभरी हुनेछ ।

अनलाइनबाहेक फोन, इमेल, ह्वाट्सएप, भाइबरलगायतका माध्यमबाट पनि औषधि मगाउन सकिने कम्पनीले जनाएको छ । यसरी औषधि मगाउँदा उपभोक्ताले १५ प्रतिशतसम्म छुटसमेत पाउने कम्पनीले जनाएको छ । तत्काल काठमाडौं उपत्यकाभित्र मात्र सीमित यो सेवा दुई वर्षभित्र देशका मुख्य–मुख्य शहरमा पु¥याउने कम्पनीको लक्ष्य रहेको छ ।

चिकित्सकले सिफारिस गरेका जुनसकै औषधिलाई कम्पनीले सजिलै घरसम्म पु¥याइदिने भएपछि कोरोना संक्रमणको यो महामारीमा मानिस जोखिम मोलेर औषधि किन्न भीडभाडमा जानुपर्ने झन्झटबाट मुक्त हुनुको साथै संक्रमणबाट समेत सुरक्षित हुने भएका छन् । यसका अतिरिक्त औषधि खरिद गर्न जाँदा लाग्ने समयलाई बिरामीको सेवा वा घर–अफिसको काममा उपयोग गर्न पाउनेछन् भने कतिपय औषधि नपाएर विभिन्न ठाउँमा भौँतारिनुपर्ने पीडा पनि अब हुनेछैन ।

औषधि पु¥याएपछि बिलअनुसारको नगद भुक्तानी वा ई–सेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको कम्पनीका कार्यकारी निर्देशक असिम शर्माले बताउँछन्

नेपालको औषधि बजारमा नौलो प्रयोगका रूपमा रहेको सेवामूलक यो व्यवसायले सर्वसाधारणको जनजीवनलाई सहज बनाउने अपेक्षा कम्पनीको छ । बिरामीको सेवा–सुसार गर्दागर्दै तनावमा रहेका परिवारजनलाई यो सेवाले केही हदसम्म भए पनि सहजता प्रदान गर्न सक्छ । त्यसमा पनि विश्वासिलो र भरपर्दाे सेवा उपलब्ध हुने भएकाले छिट्टै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।

यो सेवा उपयोग गर्नका निम्ति सर्वसाधारणले hamropharma.com, टोल फ्री नम्बर १६६००१४२६७६, फोन, ह्वाट्सएप, भाइबर ९८०१० ०९९७९ र इमेल order@hamropharma.com मार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १७:०३ मा प्रकाशित

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...