back
CTIZAN AD

गाउँपालिकाद्वारा अपाङ्गता परिचयपत्र वितरण

वि.सं.२०७७ माघ २३ शुक्रवार

666 

shares

२३ माघ, सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका फरक क्षमता तथा अपाङ्गता परिचयपत्र वितरण गर्न थालिएको छ ।

स्थानीय सरकार सञ्चालन भएको तीन वर्ष पूरा भए पनि अपाङ्गता परिचयपत्र वितरण समितिले पूर्णता नपाउनुका साथै विशेषज्ञा चिकित्सकको अभावमा परिचयपत्र वितरण कार्य रोकिएको थियो ।

यसअघि तत्कालीन गाविसले निर्धारण गरेको आधारमा गाउँपालिकाले भत्ता वितरण गर्दै आए पनि अब चिकित्सकले जाँच गरेको आधारमा वर्ग छुटाएर वितरण गरीने भएको छ ।

कोभिड–१९ विरुद्ध खोप सञ्चालनमा खोप लगाउन जिल्ला अस्पतालबाट तल्लो क्षेत्रमा रहेका तीन गाउँपालिकामा पुगेका चिकित्सक नवीन रोकायाको नेतृत्वको टोलीसँग गाउँपालिकाले समन्वय गरी गाउँपालिकाभरिका अपाङ्गता भएका व्यक्तिको जाँच गरी परिचयपत्र दिन थालिएको हो ।

श्रीनगर स्वास्थयचौकीमा वडा १ देखि ६ सम्मका नागरिकको परीक्षण गरेर गाउँपालिकाले क, ख, ग र घ वर्गको परिचयपत्र दिन थालेको अदानचुली गाउँपालिकाका निमित्त अध्यक्ष दत्त विष्टले जानकारी दिए ।

अपाङ्गता परिचयपत्र वितरणको लागि स्वास्थ्य परीक्षणका आधारमा ७६ जनालाई अपाङ्गता परिचयपत्र पाउने भएको गाउँपालिका निमित्त अध्यक्ष विष्टले जानकारी बताए ।

डा. रोकायाको नेतृत्वमा अदानचुली पुगेको टोलीले बुधबार र बिहीबार श्रीनगर स्वास्थ्यचौकीमा २०० भन्दा धेरैको चेकजाँच गरेको भए पनि परिचयपत्र पाउने ७६ जना रहेको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

सूचना अधिकारी फडेराले भने, “दुई दिन परीक्षण गरिएकामध्ये वडा १ देखि ६ सम्मका छ जना क वर्गमा, १८ जना ख वर्गमा, १६ जना ग बर्गमा र ३६ जना घ वर्गको परिचयपत्र पाउने छन् ।”

परीक्षण गरिएकामध्ये २४ ले नेपाल सरकारले दिने अपाङ्गताको भत्ता पाउने परिचयपत्र पाउने भएका छन् भने बाँकी ५२ जनाले भत्ता नपाउने ग र घ वर्गको परिचयपत्र मात्र पाउँने भएका छन् ।

लौठी स्वास्थ्यचौकी बारीगाउँमा स्वास्थ्य परीक्षण भइरहेको छ । चिकीत्सकले जाँच गरेपश्चात् अपाङ्गता परिचयपत्र वितरण गर्ने आधार तय भएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष विष्टले बताए ।
रासस

वि.सं.२०७७ माघ २३ शुक्रवार १६:५० मा प्रकाशित

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...