Logo
६ कार्तिक २०७८, शनिबार
     Sat Oct 23 2021
E-paper
  English Edition
   Unicode
Logo

समाज भित्रका अन्तरलिङ्गीको पीडा नै ‘आवरण’ हो



zaya ojha

नेपाली सिनेमाको क्षेत्रमा परिचित नाम हो जया ओझा । २०५७ सालमा ‘बेचिएकी चेली’ शीर्षकको नाटक लेखेर जिल्ला स्तरीय नाटक प्रतियोगीमा सहभागी भएकी जयाले ‘कवच’ चलचित्र समेत लेखिन् । साथसाथै उनको गजल र गीतको संगालो पनि बजारमा आइसकेको छ । नेपाली चलचीत्रको क्षेत्रमा स्थापित जयाले हालसालै उपन्यास ‘आवरण’ प्रकाशित गरेकी छिन् । के हो आवरण ? आवरणले समाजमा दिने शन्देश के हो ? यसै विषयमा केन्द्रित रहेर संसारन्युज डटकमका लागि संगीता पनेरुले ओझासँग गरेको कुराकानी:

कस्तो विषयवस्तुमा आधारित उपन्यास हो आवरण ?
आवरण अन्तरलिङ्गीको विषयमा आधारित उपन्यास हो । हरेक बाबुआमाको चाहना आफ्ना सन्तान राम्रो जन्मिए हुन्थ्यो भन्ने हुन्छ । विडम्वना छोरा वा छोरीको कल्पना गरेर सन्तान जन्माउने तयारीमा रहेका बाबुआमाको कोखबाट अपेक्षा गरेभन्दा फरक सन्तान जन्मिँदा त्यो परिवारमा कस्तो प्रभाव पर्ला ? हो यही विषयलाई मैले उठाउन खोजेको हुँ ।

तेस्रो लिंगी र अन्तरलिंगीमा के फरक छ ?
धेरै फरक छ । तेस्रो लिगिं भनेको त छोरा वा छोरी के हो जन्मिँदै छुट्टिसकेको हुन्छ । त्यो त १२÷१४ वर्षको उमेरमा उसले गर्ने फिलिङ्स हो । कोही छोरा भएर पनि छोरीको हाउभाउ स्वभावमा हिँड्न रुचाउँछन् भने कोही छोरी भएर छोरामा स्वभावमा हिँड्न रुचाउँछन् । तर अन्तरलिङ्गी भनेको त जन्मँदै छोरा वा छोरी के हो स्पष्ट हुँदैन । यस्ता व्यक्तिले भोग्नु परेका पारिवारिक र सामाजिक अपमान तथा तिरस्कारलाई मैले उपन्यास मार्फत बाहिर ल्याउन खोजेको हुँ ।

समाजमा उपन्यास लेख्न धेरै विषयवस्तुहरु थिए तर तपाईले किन यही विषय उठान गर्नुभयो ?
हो समाजमा धेरै विषय छन् लेख्नको लागि । तर मेरो सोंच बनेको अरुले लेख्न नसकेको र नलेखेको विषय वस्तुलाई लेखौ. भन्ने हो । यो विषय हाम्रो समाजमा लुकेर बसेको थियो । त्यसलाई बाहिर ल्याउनु पर्छ ।अन्तरलीङ्गीहरुले पनि अरु सरह यो समाज समान हक अधिकार पाउनु पर्छ भनेर नै मैले अन्तरलिङ्गीको विषयमा लेखें ।

तपाईं एउटी नायिका । तपाईंले त चलचीत्र क्षेत्रमा नै निरन्तरता दिनुपर्ने होइन र ? किन फेरि उपन्यास लेखनतिर लाग्नु भयो ?
पक्कै पनि मेरो रुचीको विषय भनेको चलचीत्र क्षेत्र नै हो । तर मैले समय चलचीत्रमा मात्र बिताएको छैन । गीत र गजल पनि लेख्छु । अनि उपन्यास मैले अहिले आएर लेखेको होइन । जव देशमा १० वर्षे जनयुद्ध थियो त्यत्तिबेलै मैले उपन्यास लेख्न सुरु गरेको थिएँ । ‘श्रद्धाञ्जली’ ५८÷५९ सालमा मैले यो उपन्यास लेखेको थिएँ । जव म ६१ सालमा काठमाण्डौं आएँ त्यो उपन्यास छाप्न प्रकाशक खोज्न थालें । काठमाण्डौंमा नयाँ थिएँ । त्यत्तिबेला बालाजुको एउटा प्रकाशन गृहले छाप्नलाई एकप्रति प्रिन्ट पनि गरेको थियो । तर पछि के भयो थाहा भएन त्यो त्यसै थन्कियो । जव मैले ७० सालमा एमएको थेसिसको लागि एउटा विषय रोज्नु पर्ने थियो । खासमा यो उपन्यास थेसिसको लागि रोजेको विषय हो । थेसिसलाई त ९० पेज जति भए पुग्यो । तर अरु भने मैले थप दुई वर्ष लगाएर लेखेको हो ।

आगामी दिनमा पाठकले तपाईंको कुन विधा पढ्न पाउँछन् ?
अहिले तत्काल त कुनै कृति निकाल्ने सोंचमा छैन । एन्टेना फाउन्डेनले मैले लेखेको नाटक प्रसारण गरिरहेको छ । अहिले तत्कालको लागि सुन्न मिल्ने भनेको त्यही हो । अवको सोंच भनेको कथा लेख्ने हो । तर १÷२ वर्षमै प्रकाशित भने हुँदैन । यो उपन्यासको प्रतिक्रिया कस्तो आउँछ हेरौं । त्यसपछि अरु लेख्ने कुरा त छँदैछ ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?
मलाई अरु त केही भन्नु छैन । एकचोटी सबैले उपन्यास पढौं भन्ने आग्रह गर्दछु । समाजमा छायाँमा परेको विषय जसलाई मैले बाहिर ल्याउने कोशिष गरें । खासमा अन्तरलिङ्गीको समस्या के रहेछ बुझ्न सबैले यो उपन्यास पढ्नु पर्छ जस्तो लाग्छ । सबैले पढौं मनन गरौं र बुझौं भन्न चाहन्छु ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भिम रावलले १० बुँदे प्रस्ताव कार्यान्वयन सहजीकरण कार्यदलको

तोलाकान्त बगाले, वालिङ । यहाँका गाउँले सामूहिकरुपमा भैँसीपालन व्यवसायतर्फ जुटेका छन् । स्याङ्जाको वालिङ

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा