back
CTIZAN AD

संयोजक केसीद्धारा लेवनानको बन्दीगृहमा रहेकी लिम्बुको रिहाइको माग

वि.सं.२०७३ माघ १३ बिहीवार

1.6K 

shares

rosamayaलेबनानको बन्दीगृहमा रहेकी रोजामाया लिम्बुको बिनाशर्त रिहाइको पहल गरिदिन नेपाली दूतावास इजिप्टसमक्ष अनुरोध गरिएको छ ।

बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समिति (FEMWWC)  संयोजक  धरम केशीले  लिम्बुको रिहाइको माग गर्दै घरेलु कामदारका हैसियतमा रहेर पनि अन्यायमा अत्याचारमा परेका शोषित, पीडित अन्य नेपाली महिला घरेलु कामदारहरूलाई सकेको सहयोग दिंदै आएकी सुशीला (उर्फ सुजना) रानालाई लेबनान पुन :प्रबेशको प्रतिबन्ध फुकुवा गरिदिन पनि अनुरोध गर्नु भएको छ ।

केसीले १८ जनवरीका दिन नेपाली दूतावास कायरो, इजिप्टलाई लेखेको पत्रमा भन्नु भएको छ,

  “महामहिम राजदूतज्यु स्वयम घरेलु कामदारका हैसियतमा रहेर पनि अन्यायमा अत्याचारमा परेका शोषित, पीडित अन्य नेपाली महिला घरेलु कामदारहरूलाई सकेको सहयोग दिंदै आएकी सुशीला (उर्फ सुजना) रानालाई बलजफ्ती पक्राउ गरी, थुनामा राखी फेरी लेबनान फर्किन नपाउने गरी नेपाल पठाइएको र रोजा माया लिम्बुलाई अझै पनि लेबनानमै बन्दीगृहमै राखिएको बारे महामहिमज्यु पक्कै पनि अवगत हुनुहुन्छ होला नै ।

वहांहरु दुबै जनालाई मुलत : त्यहां लेबनानमा बिभिन्न नकावमा धन्दारत  मानवतस्करहरूकै सुनियोजित षडयन्त्रको शिकार बनाइएको भन्ने तितो सत्य पहिले नबुझेकाले पनि पछिल्लो समयमा बुझिसकेको अवस्था छ । बिशेषतः पुर्ब का.बा. राजदूतसंग त्यस्तै एक मानव तस्करले किनेको (?!) कन्सुलरको कामकाज गर्ने अख्तियारी पत्र र त्यो पत्रको अधिकतम दुरूपयोग गर्दै स्वयम उजुरीकर्ता बनेर सुजना र रोजालाई पक्राउन र डिपोर्ट गराउन हदैसम्मको कर्तुतरत लेबनानी नागरिक (मैले नाम लिइरहनु पक्कै पर्दैन) लागिपरेकाले प्रकारान्तरले प्रबासमा नेपालीहरूको अधिकार, सुरक्षा, सविधा र न्यायका लागि जिम्मेवार नेपाली नियोग नै आफ्ना नागरिकको डिपोर्ट गराउनका लागि “कारक” बन्न पुगेको यो प्रकरण दुखद र लज्जास्पद त छ नै, यसका लागि जिम्मेवार पात्रहरूलाई कार्बाही नै गर्न आवश्यक देखिन्छ । तत्कालका लागि रोजा माया लिम्बुको यथाशिघ्र तथा बिना शर्त, बिना सजाय रिहाई अनि सुशीला रानाको लेबनान पुनप्र्रबेश माथिको प्रतिबन्धको फुकुवा (सुजनाको रोजगारदाता पुनः रोजगार दिन तयार रहेको अवस्था, यद्यपी फेरी लेबनान जाने नजाने सुजनाको स्वेच्छा हो, तर बिना कारण लगाइएको प्रतिबन्ध फुकाउनै पर्दछ) साथै जिम्मेवार पात्रहरूबाट सुजनामाथि गरिएको अन्याय र ज्यादती गर्दै पुर्याइएको क्षतिको लागि न्याय र क्षतिपूर्ति दिलाउन समेत अनुरोध छ ।

दशौं हजार नेपाली नागरिकहरू लेबनानमा असुरक्षा, अन्याय र असुविधा खेपिरहंदा पनि नेपाल सरकारको आवासिय उपस्थिती नरहेका बेला सुजना, रोजाहरूले जोखिम उठाएरै जुन स्वयमसेवा दिनुभयो, त्यसको कदर र मुल्यांकन गर्दै प्रशंसित, पुरस्कृत र सम्मानित हुनुपर्ने सुजना रोजाहरूले आज यो स्थिती ब्यहोर्नु भनेको ठूलो दुर्भाग्य, बिडम्बना र हामी सबैको ठूलो असफलता हो, लेबनानमा कार्यरत सबै नेपालीले नेपालमा पनि सरकार छ र यसले आफ्ना नागरिकहरूको पीर मर्का सुन्छ, बुझ्छ र आवश्यक सरकारी सेवा स्थलगत रूपमै उपलब्ध गराएको अनुभूति गर्न पाउने दिन अब अरू पर्खिनुनपरोस भन्ने माग र कामना पनि गर्दछु ।’

 शुभेच्छा सहित

धरम के.सी.

संयोजक बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समिति (FEMWWC) गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय (NRNA ICC)

 मोबाइलः 966 567659775

वि.सं.२०७३ माघ १३ बिहीवार ०६:५० मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...