back

ट्र्याक्टरले थिच्दा विनिताको मृत्यु

वि.सं.२०७३ माघ १३ बिहीवार

585 

shares
GLOBAL IME AD
NTC AD

 १३ माघ,सिन्धुली । अरुणठाकुर गाविस–२ स्थित मानवा थापा टोलमा ट्र्याक्टरले थिच्दा आज बिहान १० वर्षीया विनिता तामाङको घटनास्थलमा नै मृत्यु भएको छ ।

अरुणठाकुरको भित्री कच्ची बाटामा गुडिरहेको स १ त ५५२२ नं को ट्र्याक्टरले विद्यालय जाँदै गरेकी सोही ठाउँकी तामाङलाई थिचेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराका अनुसार उनी घरबाट स्कुल पढ्न गइरहेका अवस्थामा ट्र्याक्टरको अगाडिको दाहिने चक्काले थिचेको हो ।

प्रहरी चौकी दुधौली सिन्धुलीले घटनास्थलमा शव जाँच मुचुल्का गरी शव परीक्षणका लागि कटारी अस्पताल उदयपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेकाले खोजी जारी छ । ट्र्याक्टर भने प्रहरी चौकी दुधौलीको नियन्त्रणमा छ ।
यसैबीच सिन्धुली, कमलामाई नगरपालिका–६ सिन्धुली हस्पिटल रोडमा सिन्धुलीका सहायक प्रजिअ सवार बोलेरोलाई बसले ठक्कर दिएको छ ।

सहायक प्रजिअ सवार बा १ झ ७८२६ नं को बोलेरो गाडीलाई विपरीत दिशाबाट आएको ना ४ ख ९३३ नं को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट मानवीय क्षति नभए पनि बोलेरो गाडीमा क्षति पुगेको प्रहरीको भनाइ छ । प्रहरीले बस चालक सिन्धुली कमलामाई नगरपालिका–१० भिमानका ५३ वर्षीय अर्जुन बराललाई नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७३ माघ १३ बिहीवार ०६:५६ मा प्रकाशित

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ...

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार...

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

बनियानी (झापा) । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र...

झेँदी पुल निर्माण सम्पन्न

झेँदी पुल निर्माण सम्पन्न

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने...