back
CTIZAN AD

ट्र्याक्टरले थिच्दा विनिताको मृत्यु

वि.सं.२०७३ माघ १३ बिहीवार

1K 

shares

 १३ माघ,सिन्धुली । अरुणठाकुर गाविस–२ स्थित मानवा थापा टोलमा ट्र्याक्टरले थिच्दा आज बिहान १० वर्षीया विनिता तामाङको घटनास्थलमा नै मृत्यु भएको छ ।

अरुणठाकुरको भित्री कच्ची बाटामा गुडिरहेको स १ त ५५२२ नं को ट्र्याक्टरले विद्यालय जाँदै गरेकी सोही ठाउँकी तामाङलाई थिचेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराका अनुसार उनी घरबाट स्कुल पढ्न गइरहेका अवस्थामा ट्र्याक्टरको अगाडिको दाहिने चक्काले थिचेको हो ।

प्रहरी चौकी दुधौली सिन्धुलीले घटनास्थलमा शव जाँच मुचुल्का गरी शव परीक्षणका लागि कटारी अस्पताल उदयपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेकाले खोजी जारी छ । ट्र्याक्टर भने प्रहरी चौकी दुधौलीको नियन्त्रणमा छ ।
यसैबीच सिन्धुली, कमलामाई नगरपालिका–६ सिन्धुली हस्पिटल रोडमा सिन्धुलीका सहायक प्रजिअ सवार बोलेरोलाई बसले ठक्कर दिएको छ ।

सहायक प्रजिअ सवार बा १ झ ७८२६ नं को बोलेरो गाडीलाई विपरीत दिशाबाट आएको ना ४ ख ९३३ नं को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट मानवीय क्षति नभए पनि बोलेरो गाडीमा क्षति पुगेको प्रहरीको भनाइ छ । प्रहरीले बस चालक सिन्धुली कमलामाई नगरपालिका–१० भिमानका ५३ वर्षीय अर्जुन बराललाई नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७३ माघ १३ बिहीवार ०६:५६ मा प्रकाशित

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...