back
CTIZAN AD

पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह

वि.सं.२०७७ माघ २४ शनिवार

621 

shares

२४ माघ, काठमाडौं । हिमाली संस्कृति एवं प्रकृतिको अध्ययन गर्ने थलोका रुपमा आकर्षक गन्तव्य वन्दै गएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउँदै स्वदेशी एवं विदेशी पर्यटकको पुग्नै पर्ने गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिताले जोड दिएका छन् ।

नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित पर्वतीय सङ्ग्रहालयको १८ औँ वार्षिकोत्सव समारोहका अवसरमा वक्ताले पर्वतीय पर्यटनका विविध पक्षलाई एकै स्थानमा अवलोकन गर्ने थलोका रुपमा सङ्ग्रहालयको प्रवद्र्धन एवं विकास गर्नुपर्ने बताए । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रदेशको समृद्धि र विकासको प्रमुख आधारका रुपमा पर्यटनलाई लिइएको बताउँदै पोखराको घुम्नै पर्ने पर्यटकीयस्थलका रुपमा सङ्ग्रहालयलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

पर्यटन क्षेत्रको समग्र विकासका लागि आवश्यक कानून निर्माणको तयारीमा प्रदेश सरकार लागि रहेको उल्लेख गर्दै उनले निजी तथा सरकारी सबै पर्यटन सम्बद्ध सङ्घसंस्थाको क्रियाशीलता आवश्यक हुने बताए । पर्यटनको मुख्य आधारको रुपमा रहेका हिमाल र पदमार्गको संरक्षण गर्नुको विकल्प नभएको बताउँदै उनले यस्ता प्राकृतिक सम्पदालाई व्यवस्थित गर्दै विश्वसामु पु¥याउन सवै क्षत्रको साथ र सहयोगको आवश्यकता रहने धारणा राखे । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले प्रदेशको गहनाका रुपमा रहेको सङ्ग्रहालयलाई विद्यार्थीको अध्ययन अवलोकनको थलोको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटनको मुख्य आधारको रुपमा रहेको विद्यमान पदयात्रालाई बचाउँदै नयाँ गन्तव्यको खोजीसँगै आवश्यक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारीले हिमाल विश्व समुदायको सम्पत्ति भएको उल्लेख गर्दै हिमाल र पदमार्गको प्रवद्र्धन गर्दै कोभिडको कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन कार्यालयले आवश्यक पहल गर्दै आएको जानकारी दिए ।

कार्यक्रमा सगरमाथ मापन टोलीका प्रमुख एवं नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमले विश्वका आठ हजारभन्दा बढी उचाई रहेको १४ हिमालमध्ये आठ वटा नेपालमा रहेको बताउँदै यसलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु पर्ने आवश्यकता औँल्याए । नेपाल पर्वतारोहण सङ्घका केन्द्रीय अध्यक्षा सन्तविर लामाले नेपाल सरकारले सङ्घलाई नेपालका २७ वटा हिमालको रोयल्टी सङ्कलन गर्ने जिम्मेवारी दिएको बताउँदै त्यसबाट आएको रकममध्ये प्रदेश सरकार र सम्बन्धी गाउँपालिकालाई २५/२५ प्रतिशत र माउण्टेन कोषमा पाँच प्रतिशत प्रदान गर्दै आएको जानकारी दिए ।

वि.सं.२०७७ माघ २४ शनिवार ११:३७ मा प्रकाशित

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

मकैबारीमा मृत गैँडा भेटियो

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...