back
CTIZAN AD

बेनीमा महादेवको मूर्ति अनावरण

वि.सं.२०७७ माघ २४ शनिवार

645 

shares

२४ माघ, बेनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज म्याग्दी जिल्लाको प्रवेशद्वार कालीपुल बसपार्कमा स्थापना भएको महादेवको मूर्ति अनावरण गरे ।

म्याग्दी उद्योग वाणिज्य सङ्घ स्थापना भएको ५०औँ वर्षका अवसरमा सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनका अवसरमा अनावरण गरिएको हो । रु तीन लाखको लागतमा निर्माण भएको मूर्ति १० फिट अग्लो भएको सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।
“उद्योग वाणिज्य सङ्घको ५०औँ वर्षगाठ मनाउने क्रममा धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले महादेवको मूर्ति स्थापना गरेका हौँ”, उनले भने, “म्याग्दी र मुस्ताङ जाने आउने पर्यटकले बेनीको पहिचानस्वरुप यहाँ तस्बिर खिच्न सक्छन् ।”

कालीपुल बसपार्क म्याग्दीको मुख्य प्रवेशद्वार हो । कालीपुल बसपार्क भएर मुस्ताङ जाने आउने सवारी साधन आवतजावत गर्छन् । स्तम्भको माथिल्लो भागमा शिव ध्यान बसेको आकृतिको आकर्षक मूर्ति राखिएको सङ्घका महासचिव लीलाराम गौतमले जानकारी दिए ।

विसं २०७७ असोज १९ गते बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले मूर्तिको शिलन्यास गर्नुभएको थियो । अध्यक्ष तिमिल्सिना सङ्घको ११आँै अधिवेशनका उद्घाटन समारोहमा सहभागी हुन बेनी आएका हुन् । अधिवेशनबाट सङ्घको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।

वि.सं.२०७७ माघ २४ शनिवार १४:४० मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...