back
CTIZAN AD

राजनीतिक स्थिरता कायम गर्न निर्वाचन – मन्त्री श्रेष्ठ

वि.सं.२०७७ माघ २४ शनिवार

732 

shares

२४ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताएका छन् ।

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा आज उनले निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम गर्न राजनीतिक दललाई आग्रह गरे ।

निर्धारित समयमा चुनाव हुन नसकेमा देश सङ्कटको भुमरीमा पर्ने बताउँदै मन्त्री श्रेष्ठले देश र जनताका पक्षमा क्रियाशील सरकारलाई घेराबन्दी गरिएका कारण समस्या आएको विचार व्यक्त गरे ।

प्रदेशसभा सदस्य डा अजयक्रान्ति शाक्यले स्थानीय विकास र समृद्धिका लागि सामूहिक सहभागिताको खाँचो रहेको बताए । कुमारी क्लबका अध्यक्ष नकुल हमाल ठकुरीले करीब रु २६ लाखको लागतमा उक्त हल निर्माण गरिएको जानकारी दिए । निर्वाचन क्षेत्र नं ९ को निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट उक्त हल निर्माण गरिएको छ ।

वि.सं.२०७७ माघ २४ शनिवार १५:५३ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...