back
CTIZAN AD

कुशलले डेब्यु गरेको खेलमा टिम आबुधाबी विजयी, तोडियो सन्दीपको रेकर्ड

वि.सं.२०७७ माघ २५ आइतवार

717 

shares

२५ माघ, काठमाडौँ । नेपाली क्रिकेट खेलाडी कुशल मल्लले डेब्यु गरेको टी– १० लिगमा उनी आवद्ध टिम आबुधाबी विजयी भएको छ । कुशल आवद्ध टिम आबुधाबीले कलन्दर्सलाई २१ रनले पराजित गरेको हो ।

युनाइटेड अरब इमिरेट्स (युएई) को आबूधाबीमा जारी टी–१० लिगमा कलन्दर्सले टस जितेर फिल्डिङ रोेजेको थियो । टिम आबुधाबीले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा १२४ रन बनायो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले १० ओभरमा पाँच विकेट गुमाउँदै मात्र १०३ रन बनाउन सक्यो । कलन्दर्सविरुद्धको खेलमा डेब्यु गर्दै नेपाली अलराउण्डर कुशल मल्लले १२ बलमा १८ रनको योगदान दिए । उनले यस क्रममा १ छक्का र १ चौका समेत प्रहार गरेका थिए ।

यसअघिका खेलमा टिम आबुधाबीले मल्ललाई खेल्ने अवसर प्रदान गरेको थिएन । मल्ल पौल स्र्टलिङ र लियोनार्दो जुलियनपछि तेस्रो नम्बरमा टिम आबुधाबीका लागि ब्याटिङ गर्न मैदानमा उत्रिएका थिए । उनलाई सातौं ओभरको चौथो बलमा कलन्दर्सका मोहम्मद जिहादले आउट गराएका थिए ।

टी-१० लिग डेब्यू गरेसँगै कुशलले नेपालका लागि इतिहास रचेका छन् । उनले कम उमेरमा विदेशी लिगमा डेब्यू गर्ने नेपाली खेलाडी बन्दै इतिहास रचेका हुन् । कुशलले १६ वर्ष उमेर विदेशी लिगमा डेब्यू गरेका हनु । यस अघि नेपालका लागि सन्दिप लामिछानेले १७ वर्षको उमेरमा आईपिएलमा डेब्यू गरेका थिए ।

वि.सं.२०७७ माघ २५ आइतवार १०:०० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...