back
CTIZAN AD

अनेमसंघको प्रश्न–गृह प्रशासन के गरिरहेको छ ?

वि.सं.२०७७ माघ २५ आइतवार

4K 

shares

२५ माघ, काठमाडौँ । अखिल नेपाल महिला संघ(अनेमसंघ)ले भागिरथी भट्टको बलत्कारपछि हत्या भएको घटनालाई लिएर गृह प्रशासन के गरीरहेको छ ? भन्ने प्रश्न गरेको छ ।

विद्यालयबाट घर फर्किएरहेकी भट्टको क्षतिवक्षत अवस्थामा शव फेला परेको र घटना भएको यति दिन बितिसक्दा पनि कोही पनि पक्राउ पर्न नसकेको भन्दै अनेमसंघले  गृह प्रशासनसँग यस्तो प्रश्न गरेको हो ।

अनेमसंघकी संयोजक अमृता थापाद्वारी प्रेस विज्ञप्तिमा समाजमा यस्ता दुखद् घटना खटिरहनु दुखद् भएको जनाउँदै भगिरथ भट्टको हत्याको घटनाले गम्भिर ध्यानाकर्षण भएको बताइएको छ ।

विज्ञप्तिमा २१ औँ शताब्दिमा पनि यस्ता मानवता विरोधी, हिंस्रक, आपराधिक जतिसुकै निन्दा र भत्र्सना गर्दा पनि नपुग्ने पाशविक घटना भएको जनाइएको छ ।

संविधानले प्रत्याभूत गरेको बाँच्न पाउने अधिकारको हनन भएको बताउँदै के एउटी छोरी विद्यालय गएर पढ्न, हिड्ड्ल गर्न र पूर्ण आयु शान्तिपूर्ण रुपमा बाँच्न पाउँदिनन् ? यदि पाउँछिन् भने हत्या हुने वातावरण किन र कसरी बन्छ ? हत्या नै नहुने वातावरण किन बन्न सकेन ? जस्ता गम्भिर प्रश्नहरु गरिएका छन् ।

घटनाको प्रकृति हेर्दा कतै बलत्कार पछि अपराध छोप्न हत्या गरिएको त हैन भन्ने गम्भिर आशंका जन्माएको उल्लेख गर्दै उक्त घटनाको तुरुन्त छानबीन गरि सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कडा कार्वाही गर्न पनि अनेमसंघले जोडदार माग गरेको छ ।

बैतडी जिल्ला दोगडा केदार गाउँपालिका वडा नं ७ की वर्ष १७ की भागिरथी भट्ट विद्यालयबाट घर फर्किने क्रममा हराएकी हुन्छिन् भने माघ २२ गते क्षतविक्षत अवस्थामा उनको शव फेला परेको थियो ।

वि.सं.२०७७ माघ २५ आइतवार १२:४४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...