back
CTIZAN AD

फागुन ३ गतेको प्रदर्शन व्यापक बनाउन सभापति देउवाको अपिल

वि.सं.२०७७ माघ २५ आइतवार

732 

shares

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले फागुन ३ गतेको प्रदर्शन व्यापक बनाउन अपिल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा पुष ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै विभिन्न चरणमा आन्दोलन गर्दै आएको कांग्रेसले फागुन ३ गते हुने प्रदर्शनलाई व्यापक बनाउन अपिल गरेका हुन् ।

‘प्रदर्शनले केपीओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको छ ।’ सभापति देउवाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीका भातृ संगठनहरुले माघ २४ गते ७७ वटै जिल्लामा गरेको विरोध प्रदर्शन सफलतापवूक सम्पन्न भएको बताउँदै सभापतिले फागुन ३ गते जिल्ला समितिहरुद्धारा गरिने विरोध प्रदर्शनलाई अझ प्रभावकारी र व्यापक बनाउन समेत अपिल गरेका छन् ।

वि.सं.२०७७ माघ २५ आइतवार १२:५२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...