back
CTIZAN AD

विदेशमा कोभिडबाट निधन हुने नेपालीको संख्या ३ सय ३३

वि.सं.२०७७ माघ २५ आइतवार

885 

shares

२५ माघ, लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र अल्जेरिया १ जनाको संक्रमणका कारण निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५६ हजार २ सय ४७ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ३५ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७१ हजार ८ सय ६ जना छ भने २ लाख ६६ हजार ८ सय १२ जना अर्थात ९८ दशमलव ५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

खोप कसले लगाउने कसले नलगाउने ?
१८ वर्ष माथिका सबैले कोरोना विरुद्धको खोप लगाउन सकिन्छ । मुटु रोग मधुमेह र अन्य दीर्घ रोगका बिरामीले पनि जीवनरक्षाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन सकिन्छ । खोपको पहिलो मात्राले असर र एलर्जी भयो भने पनि अर्को डोज लगाउनुहुँदैन । ज्वरो आएको बेला, रक्तश्रावसम्बन्धी समस्या भएका व्यक्ति, रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्ति, गर्भवती हुन इच्छुक महिला, गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिला, गम्भीर कोरोना संक्रमित, सिकिस्त बिरामी लगायतले पनि यो खोप नलगाउन उत्पादक कम्पनीले सुझाएका छन् । १८ वर्ष भन्दा कम उमेरका लाई पनि खोप लगाउन सिफारिस गरिँदैन ।

खोप लगाएको ३ देखि ६ हप्तामा मात्रै अर्को मात्रा लिनुपर्छ । दोस्रो मात्रा लगाएको ४ हप्तापछि शरीरमा एन्टिबडी बन्न थाल्छ । त्यो भन्दा पहिले जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्दछ । अन्यथा आफू र अरुलाईलाई सुरक्षित राख्न थप चुनौती देखिन पनि सक्छ । दोस्रो मात्राको खोप सोही कम्पनीको लगाउनुपर्छ जुन पहिलो मात्रामा लगाइएको छ ।

हाल बजारमा आएका खोपहरुको प्रभावकारिता, तिनका असर लगायतका बारेमा निक्र्यौल गरेरै भन्न नसकेपनि अनुमोदित सबै खोपहरु संक्रमणको विरुद्धमा ९० प्रतिशत माथि नै प्रभावकारी पाइएका छन् । जुन निकै सकारात्मक पक्ष हो ।

खोपका असरहरु कसरी थाहा पाउने ?
सबैभन्दा पहिले त खोप लगाउँदा आफ्नो शारीरिक स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गरेर उनीहरुकै प्रत्यक्ष निगरानीमा खोप लगाउनुपर्छ । तर खोप लगाइसकेपछि त्यसले आफ्नो शारीरिक स्वास्थ्य अनुकुल प्रतिक्रिया देखाउँछ कि विपरित भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । खोप लगाइसकेपछि स्वासप्रश्वास प्रणालीमा समस्यामा देखियो,जस्तै घाँटी अठ्याएजस्तो अनुभव हुनु, श्वास फेर्दा छोटो भएजस्तै वा घ्यारघ्यार हुनु, खोकी लाग्नु, वाकवाकी, वान्ता, पखाला तथा पेट दुख्नु, रिंगटा लाग्नु, बेहोश हुनु, मुटुको धड्कन तथा नाडी तीव्र गतिमा चल्नु, लगायतका नकारात्मक प्रतिक्रिया देखिन सक्छन् । कसैकसैलाई जीउभरि फोका उठी चिलाउने तथा ओठ र अनुहार एवं घाँटी सुन्निने पनि हुन सक्छ । यी यस्ता समस्या देखिएमा आफूले परामर्ष गरिरहेको चिकित्सकसँग सल्लाह दिने र नजिकैको स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ ।

तर, यहाँ बुझनैपर्ने कुरा के हो, भनेजसरी कोरोनाका लक्षण र प्रभाव मानिस अनुसार फरक फरक हुन्छ त्यसैगरि खोपको असर पनि फरक हुन सक्छ । कसैलाई खोपले गम्भीर खाले समस्या देखिन सक्छ त कसैलाई सामान्य । यद्यपी हालसम्म खोप लगाएपछि गम्भीर असर परेको घटना पाइएको भने छैन । विशेषतः खोप बजारमा ल्याई प्रयोगमा ल्याउनुपूर्व नै धेरै चरणमा क्लिनिकल परिक्षण गरिएको हुन्छ । जसले गर्दा डराइहाल्नुपर्ने हुन्न । खोपका असर सामान्य देखिएका छन् जुन सामान्य हो । तसर्थ ढुक्क भएर खोप लगाउन सकिन्छ । तर खोप लगाइसकेपछि एन्टीबडी बन्न ४ सातासम्मको समय लाग्ने भएकाले सो अवधिभर भने स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा अपनाउनै पर्छ ।

वि.सं.२०७७ माघ २५ आइतवार १६:३४ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...