back
CTIZAN AD

सभामुखले दायर गरेको रिट निवेदनमा लिखित जवाफ माग

वि.सं.२०७७ माघ २५ आइतवार

708 

shares

२५ माघ, काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक आयोगमा गरिएका पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै संवैधानिक आयोगमा नियुक्त भएका पदाधिकारीको काम कारवाही रोक्न अस्वीकार गरेको हो ।

अदालतले संवैधानिक निकायमा नियुक्त भएका ३४ जना पदाधिकारीलाई काम गर्न नरोक्ने आदेश जारी गर्दै उक्त मुद्दालाई अग्राधिकार दिएको छ ।

सभामुख सापकोटाले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय, संवैधानिक परिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई शुक्रबार दायर गरेको रिट निवेदनमा संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति, शपथ तथा पदभार ग्रहणसमेतका सम्पूर्ण निर्णय, पत्र कार्यहरु उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको थियो ।

रिट निवेदनमा गैरसंवैधानिक र गैरकानूनीरूपमा नियुक्ति भएको उल्लेख गर्दै यस्ता पदाधिकारीहरुबाट हुने निर्णय तथा कार्यले मुलुक र जनता, राष्ट्रकै हक अधिकारबारेमा प्रतिकूल असर पर्नेसमेत भएकाले निजहरुलाई आफू नियुक्त भएको पदको हैसियतले कुनै निर्णय कार्य नगर्नु/नगराउनु यथास्थितिमै रहनु भनी अन्तरिम आदेशको माग गरिएको थियो ।

सर्वोच्च अदालतले संवैधानिक आयोगमा भएको नियुक्तिको सोही प्रकृतिको मुद्दामा शुक्रबार कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्तिबारे कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र संवैधानिक परिषद्सँग लिखित जवाफ माग गरेको थियो ।

वि.सं.२०७७ माघ २५ आइतवार २१:५८ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...