back
CTIZAN AD

उत्तर भारतको उत्तराखण्डस्थित हिमनदीमा बाढी आउँदा दशको मृत्यु, १२५ बढी बेपत्ता

वि.सं.२०७७ माघ २५ आइतवार

777 

shares

२५ माघ, भारत । उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा १२५ बढी बेपत्ता भएको र अहिलेसम्म दश जना मृत भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन् । कैयन् गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ ।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धौलीगङ्गा नदीको छेउछाउमा रहेका बस्तीमा डुवान भएको छ । नदी क्षेत्रमा धेरै नोक्सानी पु¥याएको भिडियोहरूमा देखिन्छ। हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, “सबैको कुशलताका निम्ति यतिवेला सम्पूर्ण देशले प्रार्थना गरिरहेको छ ।” भारतीय वायुसेनालाई उद्धारकार्यका निम्ति तयार राखिएको सरकारले जनाएको छ ।

इन्डो–तिब्बती सीमा प्रहरीले चमोलीबाट दिएको जानकारी अनुसार हिमपहिरोका कारण आएको बाढीका कारण तपोवन क्षेत्रमा फसेका कम्तीमा १६ जनालाई आइतबार प्रहरीले सकुशल उद्धार गरेको छ ।

उत्तराखण्डका मुख्य मन्त्री त्रिदेव सिहं रावतले ज्यान गुमाउनेको परिवारलाई ४ लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

वि.सं.२०७७ माघ २५ आइतवार २१:३७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...