back
CTIZAN AD

महिला सहयात्राको बित्तिय विवरण सार्वजनिक

वि.सं.२०७७ माघ २७ मंगलवार

624 

shares

२७ माघ, काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको बित्तिय विवरण सार्वजनिक गरेको छ ।

आज सार्वजनिक दोस्रो त्रैमास सम्मको वित्तीय विवरणअनुसार संस्थाले २ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा १२४ प्रतिशतले बढी हो । गत वर्ष यो अवधिमा संस्थाले १ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत वर्ष यो अवधिमा संस्थाले सञ्चालन मुनाफा तर्फ ७२ लाख ३० हजार रुपैयाँ थियो आर्जन गरेकोमा यो बर्ष समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा बढेर १ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै गत वर्ष खुद ब्याज आम्दानीबापत संस्थाले ४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा संस्थाको खुद ब्याज आम्दानी पनि बढेर ६ करोड ७ लाख रुपैयाँ आर्जन पुगेको छ ।

यो अवधि सम्ममा संस्थाले १ अर्ब २३ करोड रुपैयाँ सापटी लिई १ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष संस्थाले ८२ करोड ४० रुपैयाँ सापटी लिई १ अर्ब २९ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेको थियो ।

गत वर्ष रिजर्भमा ३ करोड ३० लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार यो चालु आर्थिक बर्षमा ६६.६६ प्रतिशतले बढेर ५ करोड ५० लाख रुपैयाँको उचाइमा पुगेको छ ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३४.४० रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १२४.१४ रुपैयाँ रहेको छ ।

वि.सं.२०७७ माघ २७ मंगलवार १३:२३ मा प्रकाशित

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...