back
CTIZAN AD

भारत १९२ रनमा अलआउट, पहिलो टेस्टमा इंल्याण्ड २२७ रनले विजयी

वि.सं.२०७७ माघ २७ मंगलवार

684 

shares

२७ माघ, काठमाडौँ । भारत र इंल्याण्ड बिच चेन्नाईमा भएको पहिलो टेस्टमा इंल्याण्डले भारतलाई २२७ रनले पराजित गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ्ग गरेको इंल्याण्ड आफ्नो पहिलो इनिङ्गसमा ५७८ रनमा अलआउट भएको थियो । इंल्याण्डका लागि ब्याटिङ्गमा कप्तान जो रुटले दोहोरो सतक जडेका थिए भने भारतका लागि बलिङ्गमा जुसप्रीत बुमराह र रविचन्द्र अश्विनले सर्वाधिक ३/३ विकेट लिएका थिए ।

इंल्याण्ड अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको भारत आफ्नो पहिलो इनिङ्गसमा ३३७ रनमा अलआउट भएको थियो । भारतका लागि रिषभ पंतले सर्वाधिक ९१ रन बनाएका थिए भने इंल्याण्डका लागि बलिङ्गमा डोम बेसले ४ विकेट लिएका थिए ।

पहिलो इनिङ्गसमा २४१ रनले लिड लिएको इंल्याण्ड दोस्रो इनिङ्गसमा १७८ रनमा अलआउट भएको थियो । इंल्याण्डका लागि दोस्रो इनिङ्गसमा जो रुटले सर्वाधिक ४० रन बनाएका थिए भने बलिङ्गमा भारतका लागि रविचन्द्र अश्विनले ६ विकेट लिएका थिए ।

पहिलो इनिङ्गसको २४१ रनको लिग र दोस्रो इनिङ्गसमा १७८ रन जोड्दै इंल्याण्डले भारतलाई जितको लागि ४२० रनको लक्ष्य दिएको थियो । ४२० रनको विशाल लक्ष्य पछाएको भारतीय टिम १९२ रनमा अलआउट भएको छ । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रन बनाएका थिए । त्यसैगरी इंल्याण्डका लागि ज्याक लिचले सर्वाधिक ४ विकेट लिएका थिए ।

जितसँगै इंल्याण्डले ४ खेलको टेस्ट श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ माघ २७ मंगलवार १३:५९ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...