back
CTIZAN AD

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल, यस्तो भयो कुराकानी

वि.सं.२०७७ माघ २७ मंगलवार

603 

shares

माघ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तयारीबारे निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । मंगलबार बिहान निर्वाचन आयोग पुगेका उनले प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुसँग छलफल गरेका हुन् ।

आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिएको सन्दर्भमा आजको छलफल केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले सरकारको तयारीबारे जानकारी दिँदै निर्वाचन आयोगले अगाडि बढाएका तयारीबारे जानकारी लिएका थिए ।

‘वैशाख १७ र २७ गतेका लागि गरिएको निर्वाचनको घोषणा सन्र्दभमा निर्वाचन आयोगले गरिरहेको तयारीका बारेमा जानकारी लिन सम्माननीय प्रधानमन्त्री ज्यू आज निर्वाचन आयोग आउनुभएको हो, उहाँले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग तयारीका बारेमा छलफल गर्नुभयो’, थापाले भनेका छन् ।

झण्डै २ घण्टासम्म चलेको छलफल निर्वाचन तयारीमै केन्द्रीत रहेको उनले जनाए । उनका अनुसार निर्वाचन आयोगलाई निरन्तर निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीले सुझाब दिएका छन् ।

‘आयोगलाई निर्वाचन तयारीको कामलाई निरन्तर अगाडि बढाउन पनि प्रधानमन्त्री जीले सुझाब दिनुभएको छ’, थापाले भने ।

थापाले जनाएअनुसार नेकपाको आधिकारिकताको विवादबारे पनि छलफल भएको थियो । जसमा प्रधानमन्त्रीले निर्वाचन आयोगको कानून र हालसम्मका अभ्यासलाई अबलम्बन गर्न आयोगलाई सुझाब दिएका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

वि.सं.२०७७ माघ २७ मंगलवार १३:३० मा प्रकाशित

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...