back
CTIZAN AD

कञ्चनपुरमा शुरु भयो स्ट्रबेरीको व्यावसायिक खेती

वि.सं.२०७७ माघ २७ मंगलवार

735 

shares

२७ माघ, काठमाडौं । शुक्लाफाँटा नगरपालिका–१० मा व्यवसायिक रुपमा स्ट्रबेरी खेती शुरु गरिइएको छ ।

त्यहाँस्थित फारवेष्ट हाइटेक एण्ड वायोटेक एग्रो फार्मले सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक रु पाँच लाखको लगानीमा व्यवसायिक रुपमा स्ट्रबेरीखेती शुरु गरिएको हो । प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी स्ट्रबेरी खेती गरिएको बताइएको छ । स्ट्रबेरी खेतीमा सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइकोसमेत व्यवस्था गरिएको छ । चार महिनाअघि प्लाष्टिक टनेलमा रोपिएको स्ट्रबेरीले फल दिन शुरु गरेको छ ।

हालसम्म दश किलो बढी उत्पादित स्ट्रबेरी स्थानीय बजारमा बिक्री भएको छ । प्रति किलोग्राम रु सात सयका दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै बिक्री भएको फार्मका सञ्चालक नन्दलाल भट्टले बताए । “काठमाडौँलगायत वाह्य क्षेत्रबाटसमेत माग आउन थालेको छ”, उनले भने, “भर्खरै स्ट्रबेरी पाक्न शुरु भएको छ । माग धेरै आउन थालेको छ । धान्नै गाह्रो भइसकेको छ ।” प्रत्येक बोटमा दशदेखि पन्ध्र दानासम्म स्ट्रबेरी फलेका छन् ।

“इन्टरनेटको माध्यमबाटखेती गर्ने तरिका सिक्यौं । कृषि विज्ञको सल्लाह लिएर प्लाष्टिक टनेलमा काठमाडौँबाट एक हजार ६०० स्ट्रबेरीका बोट ल्याई रोपेका हौं”, उनले भने, “यसरी फस्टाउने कल्पनानै गरेका थिएनौं । राम्रैसँग फल्न शुरु गरेको छ ।” दुई कठ्ठा क्षेत्रफलमा लगाइएको स्ट्रबेरीको उत्पादन सन्तोषजनक भएकाले आगामी दिनमा क्षेत्रफल विस्तार गरी उत्पादन बढाउनका लागि कार्य अगाडि बढाइएको उनले बताए ।

स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । नर्सरीमा उत्पादित बिरुवा बिक्रीसमेत गर्ने कार्य शुरु गरिएको छ । स्ट्रबेरीलाई भूइँकाफल भन्ने गरिए पनि स्थानीय भाषामा भने बुढी काफल भन्ने गरिन्छ । उत्पादन भएको सबै फल बिक्री नभएपछि प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्कसेक बनाइ बजारमा बेच्ने फार्म सञ्चालकको योजना छ । पौष्टिकताका हिसाबले महत्वपूर्ण मानिएको यस फलमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, प्रोटिन र खनिजलगायतका तत्व पाइने गरिन्छ ।

यो फल पिसाबसम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिन्छ । हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र ७ देखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ । ठाउँ र जात अनुसार स्ट्रबेरीका बिरुवा हुर्कनसक्ने कृषि तालीम केन्द्र सुन्दरपुरका प्रमुख टीकाराम थापाले बताए । उनका अनुसार बिरुवा बारीमा रोप्दा एक बिरुवादेखि अर्को बिरुवाको दूरी ४५ सेन्टिमिटर र लाइनदेखि लाइनको दूरी ७५ सेन्टिमिटरसम्म राख्न उपयुक्त हुन्छ ।

फूल फूलेको करीब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्नलायक हुन्छ ।

वि.सं.२०७७ माघ २७ मंगलवार १४:३६ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...