२८ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाक्रीले खड्ग प्रसाद ओली कागजी बादशाह भएको र केही समयमा ढल्ने बताएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षद्धारा आयोजित वृहत् जनप्रदर्शन कार्यक्रममा बोल्दै नेतृ झाक्रिले दरबारमाजस्तै रजाइ गर्नेहरु संघर्षका कठिन दिनहरुमा कहाँ थिए भन्ने दुनियालाई थाहा भएको भन्दै हजारौ सहिद, हजारौ घाइते र बेपत्ताहरुको बलिदानीबाट प्राप्त गरेका उपलब्धिलाई एकैरातमा एउटा जंगी कागजी बादशाहले च्यातचुत पारेर संविधानको बर्खिलाप गर्ने प्रणालीका विरुद्ध बोल्ने बताइन् ।
‘नागरिकको सार्वभौम हकअधिकारलाई रक्षा गर्न बोलेका हौं । त्यसैले काठमाडौं व्यस्त सडकमा उर्लेको मानव सागरले भन्छ, खड्ग ओली कागजी बादशाह हुन् । ती ढलिसके अब अन्तिम घोषणा गर्न बाँकी छ ।’ सम्बोधनका क्रममा उनले भनिन् ।
उनले बादशाह या तानशाहले आफ्नो कदलाई घटाउँदै घटाउँदै जाने र त्यतिबेला राज्यको सम्पत्तिको दोहन गर्दै कागजका अग्ला अग्ला कदका प्रतिमाहरु र बुख्याँचाहरु बनाउने गरेको बताउँदै खड्ग प्रसाद ओलीले त्यहि गरेको आरोप लगाइन् ।
‘कार्यकारी प्रधानमन्त्रीको एउटा कोठाको असिस्टेनजस्तै प्रधानमन्त्री या मन्त्री परिषदुका निर्णय लाई खुसुक्क सहि छाप गर्ने सम्माननिय राष्ट्रपति यो सम्मानननिय संस्था हाम्रो बलिदानीले प्राप्त गरेको हो । त्यो सस्थाका विरुद्ध बोल्ने दुस्साहस गरेको छैन । त्यो संस्थामा कुनै व्यक्तिले निर्वाचनको प्रक्रियाबाट गएर निरंकुशको साक्षि बस्छ त्यस्को व्याधा बन्छ भने त्यस्ताको विरुद्ध बोल्न पाइन्छ । उनले भनिन् ।
वि.सं.२०७७ माघ २८ बुधवार १४:५३ मा प्रकाशित






























