back
CTIZAN AD

नेप्सेमा ८ अंकको वृद्धि; वित्त, होटल्स र बैंकका लगानीकर्ताले उल्लेख्य कमाए

वि.सं.२०७७ माघ २८ बुधवार

666 

shares

२७ माघ काठमाडौं । साताको चौथो दिन बुधबार नोप्सेमा ८ दशमलव ६६ अकंले वृद्धि देखिएको छ । नेप्से ८ दशमलव ६६  अकंले बढेसँगै वित्त, होटल्स र बैकिङ्ग श्रेत्रका लगानीकर्ताहरुले उल्लेख्य कमाएका छन ।

आज बजार परिसूचक ८ दशमलव ६६ अंकले वृद्धि हुर्दै समग्र परिसूचक पनि बढेर २५४३ दशमबल ०३ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि २ दशमलब ५६ अंकले बढेर ४६५ दशमलब १३ अंकमा पुगेको छ ।

आज वित्त कम्पनी, होटल्स, बैकिङ्ग, विकास बैंक र निर्जीवन बीमा कम्पनीको सूचक बढेको छ । ति बाहेक व्यापार, जलविद्यृत, जिवन बीमा, उत्पादन मूलक, लघुवित्त, मियुच्ल फण्ड, तथा अन्य कम्पनीको मुल्य घटेको छ ।

आज कुल सूचिकृतमध्ये १९१ कम्पनीका ७ अर्ब ६२ करोड ८१ लाख १३ हजार ५८६ रुपैंयाँ बराबरका १ करोड ४८ लाख ७६ हजार ९६१ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६१ हजार ८१० पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा ग्लोबल आईएमई बैंक, प्रभु बैंक, कुमारी बैंक, शिखर इन्स्योरेन्स, लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा कुमारी बैंक, ग्लोबल आईएमई बैंक, नेपाल क्रेडिक एण्ड कमर्स बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै गुरास फाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् । उनीहरुले १० प्रतिशतले कामएका हुन । त्यस्तै गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, आई. सि. एफ. सि फाइनान्स, रिलायवल फाइनान्स लगायतका कम्पनीका लगनीकर्ताहरुले उच्च अंकले कमाउदाँ उन्नती साधना, सर्पोप माइक्रोत्रफाइनान्स, साल्ट ट्रेडिङ्ग कर्पोरेसन, बोटलर्स नेपाल (तराई) लगायतकाहरु लगानीकर्ताहरु गुमाउनेमा परेका छन ।

आज भएको कारोबारमा ५८ कम्पनी लागनीकर्ताले कमाउदाँ ९५ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने १० कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७७ माघ २८ बुधवार १५:३८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...