back
CTIZAN AD

फेकन व्यावसायिक वातावरणको सुरक्षा र व्यावसायको प्रबर्द्धन गर्ने अव्वल संस्था हो

वि.सं.२०७७ माघ २८ बुधवार

1.6K 

shares

माघ २८, काठमाडौं । शैक्षिक परामर्शदाता व्यवसायिहरुको संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ(फेकन)को यहि आउँदो फागुन ८ गते १० औं साधारण सभा हुन गइरहेको छ । फेकनको १० औं साधारण सभाले संगठनको नयाँ नेतृत्व चयन गर्नेछ ।

फेकनको आगामी नेतृत्वका लागि अहिले दुई पक्षको निर्माण भएर प्रतिस्पर्धा गर्ने तयारी भइरहेको छ । जसमा पुर्व बरिष्ठ उपाध्यक्ष बासुदेव नेपालले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । फेकनको १० औं साधारणसभा सँग सम्बन्धित रहेर अध्यक्ष पदका प्रत्यासी बासुदेब नेपालसँग संसारन्युजका विशेष संबाददाता नारायण अर्यालले गरेको संक्षिप्त कुराकानी :

फेकनको १० औं अधिवेशनको लागि केहि दिन मात्रै बाँकी छ । कसरी तयारीमा जुट्नुभएको छ ?

फेकन शैक्षिक परामर्श व्यवसायिहरुको स्वतन्त्र छाता संगठन हो । हामीले संस्थाको साधारण सभा प्रत्येक २ वर्षमा गर्ने र त्यसबाट नयाँ नीति र नेतृत्व निर्माण गर्दै अगाडि बढ्ने गरेका छौं । फेकनलाई अझै बढि व्यवसायि मैत्री कसरी बनाउन सकिन्छ भन्नेमा हाम्रो छलफल प्रारम्भ भएको छ । सँस्थामा आवद्ध व्यवसायिहरुको सदस्यताको नविकरण गर्ने र अधिवेशनकै अवसरमा सँस्थाको थप प्रवद्र्धन गर्ने कामलाई अगाडि बढाउँदै सभ्य र भव्य अधिवेशनको तयारीमा जुटेका छौं ।

फेकनको आगमी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । खासमा तपाईंको उम्मेदवारीको उद्धेश्य के राख्नुभएको छ ?

पहिलो, अघिल्लो अधिवेशन सहमतिका साथ सम्पन्न भएको थियो । त्यसमा हामी सबैले भद्र सहमत गर्न सक्षम भएका थियौं । अघिल्लो अधिवेशन सँगै म वरिष्ठ उपाध्यक्ष भएकाले अहिलेको मेरो उम्मेदवारी अध्यक्ष पदका लागि स्वभाविक रुपमा गरेको हुँ । सबै साथिहरुलाई मलाई अगाडि बढ्न जोडबल र प्रेरित गर्नुभएको छ । दोस्रो, यो व्यवसायिक क्षेत्रमा उभिएसँगै व्यवसायिहरुको हितका लागि संगठन निर्माण गर्ने, व्यवसायको विस्तार र पवद्र्धनको लागि आवश्यक पहल गर्ने र व्यवसायिक वातावरणको सुरक्षाको लागि निन्तर अभियानमा छु । जुन कुराको सबै व्यवसायिक साथिहरुले राम्रो महशुस गर्नुभएको छ । त्यसैले मेरो उम्मेदवारी व्यवसाय मैत्री संगठन, व्यवसायको प्रवद्र्धन र व्यवसायिक वातावरणको सुरक्षाको लागि हो ।

परामर्श व्यवसायिहरुको क्षेत्रमा फेकनको आकार सांगठनिक स्वरुपका आधारमा हेर्दा सानो देखिन्छ । साधारणसभा मिलेर जाने अवस्था बन्न सक्दैन कि पहल गर्नुभएको छैन ?

मैले अघिल्लो साधारणसभामा निर्वाह गरेको मेलमिलापको भुमिका र तत्कालिन अवस्थामा साथिहरुसंग भएको सहमतिका आधारमा स्वभाविक रुपमा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेको हुँ । व्यवसायिक वातावरणको सुरक्षा र मजबुत संगठको भविष्यका लागि हामी मिलेर नै अगाडि बढ्दा सबैलाई फाइदा हुन्छ । अधिक साथिहरुले मलाई नै आगामी नेतृत्वको रुपमा अगाडि बढाउन चाहनुभएको मैले देखेको छु । मलाई लाग्छ हामीले अगाडि बढाएको नीति र नेतृत्वको विषयमा सहमति पनि हुनसक्छ ।

शैक्षिक परामर्शको क्षेत्रमा समान प्रकृतिका सँस्थाहरु धेरै नै देखिएका छन । यसमा फेकनकै आवश्यकता किन भने प्रश्नलाई कसरी लिनुभएको छ ?

तत्कालिन सरकारले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०६८/२०७० सालमा जारि गरेको थियो । जसले ईक्यानलाई मात्रै एकाधिकार बनाउने नियत राखेको थियो । त्यस निर्देशिका मार्फत साना व्यवसायिहरुलाई व्यवसायबाटै हात धुनुपर्ने अवस्था सिर्जना हुने सम्भावना देखिएको थियो । फेकनका तत्कालिन अध्यक्ष मानबहादुर राईको नेतृत्वमा म लगाएतका साथिहरुले सो निर्देशिकाको विरुद्धमा सर्वोच्चमा मुद्धा दायर गर्यौं । फेकन सबै व्यवसायिहरुको व्यवसायिक वातावरणको सुरक्षा र हकहितका लागि काम गर्ने सँस्था हो । त्यसैले शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा यसको आवश्यकता र महत्व धेरै रहेको छ ।

शैक्षिक परामर्शको क्षेत्रमा काम गर्ने समान प्रकृतिका धेरै संस्थाहरु छन् जसमा महासंघको अवधारणा किन देखिदैन ?

फेकनले महासँघमा जाने अवधारणा बोकेको छैन् । अहिले कुनै पनि सँस्थामा आवद्ध नभईकन व्यवसाय सञ्चालन गरेका करिब ५ हजार व्यवसायिहरु छन् । व्यवसायिक वातावरण सुरक्षाको विषयमा पनि गर्नुपर्ने कामहरु धेरै छन् । हामी क्षेत्रगत रुपमा छरिएर निर्माण भएका संगठन र स्वतन्त्र व्यवसायिहरुलाई एकताबद्ध गराउँदै अगाडि बढ्ेका छौं । साथै हामीले यतिवेला सबै प्रदेशमा संगठनको विस्तार गर्ने र २ वर्षभित्रमा श्रमजिवी व्यवसायिहरुको सबैभन्दा ठुलो छाता संगठन बनाउने अभियानलाई अगाडि बढाउने अवधारणा बोकेका छौं ।

वि.सं.२०७७ माघ २८ बुधवार १५:४७ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...