माघ २९, काठमाडौं । प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले पुर्जी थमाएको छ । शंखमुलस्थित उनको निवासमा पुगेर प्रहरीले राज्यविरुद्वको कसुर गरेको भन्दै पक्राउ पुर्जी दिएको हो ।
झाँक्रीलाई महानगरीय अपराध महाशाखाले राज्यविरुद्वको कसूरअन्तर्गत दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको जनाएको छ ।
पक्राउ पुर्जी पाएसँगै झाँक्रीले गिरफ्तारी दिन तयार भएकी छिन् । यसअघि उनले सादा पोशाकमा आएका प्रहरीलाई पक्राउ दिन अस्वीकार गरेकी थिइन् । उनले पक्राउ पुर्जी नपाएसम्म गिरफ्तारी नदिने अडान लिँदै आएकी थिइन् ।
यस्तो छ पक्राउ

वि.सं.२०७७ माघ २९ बिहीवार १३:१४ मा प्रकाशित






























