back
CTIZAN AD

पत्रकार बानियाँलाई मिडिया सोसाइटी अवार्ड प्रदान

वि.सं.२०७७ माघ २९ बिहीवार

681 

shares

२९ माघ, म्गाग्दी । म्याग्दीका पत्रकार प्रताप बानियाँलाई ‘मिडिया सोसाइटी अवार्ड–२०७७’ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको चौथो वार्षिक साधारणसभाका अवसरमा आज बेनीमा आयोजित समारोहमा रु सात हजार १५० नगदसहित उनलाई पुरस्कृत गरिएको हो ।

संस्थाका अध्यक्ष कमल खत्री र ज्येष्ठ सदस्य सुदर्शनकुमार श्रेष्ठले बानियाँलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाएका थिए । बेनीबाट प्रकाशन हुने ‘रुप्से दैनिक’ पत्रिकाका सहसम्पादक बानियाँ ‘नेपाल टेलिभिजन’, ‘नेपाल समाचारपत्र दैनिक’, ‘उज्यालो ९० नेटवर्क’, ‘धवलागिरि टेलिभिजन’लगायत सञ्चारमाध्यममा आबद्ध छन् ।

विसं २०७४ मा जिल्लाबाट सञ्चालित सञ्चारमाध्यमका सञ्चालक आवद्ध सोसाइटीले विसं २०७५ देखि वर्षमा एक सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको सचिव अमित विश्वकर्माले जानकारी दिए । रु दुई लाखको अक्षयकोषको ब्याजबाट जिल्लामा १० वर्षदेखि काम गरेका एक संस्थाका सदस्य सञ्चारकर्मीलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य र अमित विश्वकर्मा सम्मानित भइसकेका छन् ।

साधारणसभामा नागरिक समाजका संयोजकसमेत रहेका ज्येष्ठ सदस्य श्रेष्ठले सङ्कटमा परेका जिल्लाका सञ्चारमाध्यमको संरक्षण र प्रवर्धन तथा पत्रकारिताको विकासमा सोसाइटीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चारमाध्यमलाई विनियोजन गरेका बजेट स्थानीय सञ्चारमाध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ । साधारणसभाले सचिव विश्वकर्माको प्रगति र कोषाध्यक्ष आचार्यको आर्थिक प्रतिवेदनका साथै आगामी कार्ययोजना पारित गरेको छ ।
रासस

वि.सं.२०७७ माघ २९ बिहीवार १३:०८ मा प्रकाशित

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...