२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेतृ रामकुमारी झाक्रिलाई पक्राउ गरिएको बताएका छन् ।
आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय समितिको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरुले नेतृ रामकुमारी झाक्रिलाई नपक्रन भन्दा भन्दै पनि प्रधानमन्त्रीको ठाडो निर्देशनमा पक्राउ गरेको बताए ।
‘प्रहरीले रामकुमारी झाक्रिलाई हिँजोदेखिनै पक्रन बल गरेको थियो, तथाकथित राष्ट्रपतिको बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा प्रहरीलाई पक्रनै पर्यो जसरी पनि पक्र भन्याछ भन्ने थियो हामीले रोक्न बल गर्यौ तर अहिले पक्रेर लगे ।’ अध्यक्ष प्रचण्डले भने ।
प्रहरीले राज्यविरुद्ध कसुर गरेको आरोपमा विहिबार नेतृ झाक्रिलाई पक्राउ गरेको हो ।
वि.सं.२०७७ माघ २९ बिहीवार १४:२५ मा प्रकाशित






























