२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाक्रिलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको बताएका छन् ।
नेतृ झाँक्रि पक्राउ परेपछि सामाजिक संजालमा ट्विट गर्दै नेता पौडेलले संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांङ्गो हस्तक्षेप भएको भन्दै झाँक्रिलाई विनाशर्त रिहा गर्न माग गरेका छन् ।
‘त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु विना शर्त रिहा गरियोस् !’ उनले भनेका छन् ।
सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नाे अधिनायकवादी चरित्र उदाङ्गाे पारेकाे छ । संविधानले व्यवस्था गरेकाे नागरिककाे अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेकाे छ। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकाे घटनाकाे म घाेर भत्सर्ना गर्दछु विना शर्त रिहा गरियोस् !
— Ram Chandra Paudel (@NcPaudel) February 11, 2021
वि.सं.२०७७ माघ २९ बिहीवार १४:५२ मा प्रकाशित






























