माघ २९, काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा)ले रामकुमारी झाँक्रीलाई तत्काल निःशर्त रिहा गर्न माग गरेको छ। झाँक्रीको पक्राउ लगत्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ती सार्वजनिक गर्दै रिहाको माग गरेका हुन् ।
विज्ञप्तीमा झाँक्रीको पक्राउले सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको बताइएको छ । ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ’, विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमार्फत प्रचण्ड–नेपाल समूहले झाँक्रीलाई निःशर्त र अबिलम्ब रिहा गर्न पनि माग गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले बिहिबार झाँक्रीलाई पक्राउ गरेको थियो । झाँक्रीलाई प्रहरीले राज्यविरुद्वको कसूरमा पक्राउ गरेको छ ।
यस्तो छ विज्ञप्ती

वि.सं.२०७७ माघ २९ बिहीवार १४:५५ मा प्रकाशित






























