back
CTIZAN AD

ओरालो लाग्यो नेप्से, अधिकाशं कम्पनीको सूचक राताम्मे

वि.सं.२०७७ माघ २९ बिहीवार

717 

shares

२९ माघ, काठमाडौँ । साताको अन्तिम दिन बिहिबार नेप्से ओरालो लागेको छ । नेप्से ओरालो लागेसँगै अधिकाशं कम्पनीको सूचक पनि राताम्मे देखिएको छ ।

आज बजार परिसूचक १६ दशमलव २२ अंकले ओरालो लागेर समग्र परिसूचक २५२६ दशमबल ९२ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि १ दशमलब ६६ अंकले घटेर ४६३ दशमलब ४७ अंकमा पुगेको छ ।

आज बैंकिङ श्रेत्र, विकास बैँक र सामुहिक लगानी कोष बाहेक सबै कम्पनी समुहको सूचक ओरालो लागेको हो ।

आज कुल सूचिकृतमध्ये २०६ कम्पनीका ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार ३ रुपैंयाँ बराबरका १ करोड ६० लाख ५८ हजार ४५८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७२ हजार ७३७ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा डिप्रोक्स लघुवित, नविल बैंक, कुमारी बैंक, प्रभु बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् । उनीहरुले ५.०३ प्रतिशतले कामएका हुन । त्यस्तै लुम्बीनी विकास बैंक, ज्योती विकास बैंक, अरुण भ्याली हाइड्रोपावर लगायतका कम्पनीका लगनीकर्ताहरुले उच्च अंकले कमाएका छन भने सर्पोट माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, आईएमी जनरल इन्स्योरेन्स लगायतका लगानीकर्ताहरु उच्च अकंले गुमाएका छन ।

आज भएको कारोबारमा ३५ कम्पनीका लागनीकर्ताले कमाउदाँ १२४ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ११ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७७ माघ २९ बिहीवार १५:२७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...