back
CTIZAN AD

दलितभित्रको विभेद अन्त्यका लागि राष्ट्रिय जागरण अभियान शुरु

वि.सं.२०७७ माघ ३० शुक्रवार

645 

shares

३० माघ, लहान । दलितभित्रको आन्तरिक विभेदको अन्त्य गरी दलित समुदायलाई सङ्गठित गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि देशव्यापी बृहत् राष्ट्रिय दलितमुक्ति जागरण अभियान शुरुआत हुने भएको छ ।

सामाजिक न्याय, मुक्ति र विभेदविरुद्ध पूर्वको राजविराजस्थित रङ्गशाला मैदान र पश्चिमको दैलेख बजारबाट एकसाथ सो अभियान शुरु हुने अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले जानकारी दिए ।

“पटक पटक आन्दोलन भए, आन्दोलनमा दलितसहित उत्पीडित समुदायले बलिदानी दिइरहे तर, दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था भने अझै फेरिएको छैन”, उनले भने, “दलित समुदायले धेरै अन्याय र अत्याचार सहनु परेकै हो, रुकुम र तराई मधेशका विभिन्न ठाउँमा भएको हत्याकाण्ड, दलितमाथि हिंसा, बलात्कारका घटना अझै भइरहेको छ ।”

यी र यस्ता घटनालाई मध्यनजर गर्दै न्याय, मुक्ति र विभेदविरुद्ध सडकमा देशभरिकै दलित समुदाय एकीकृतरुपमा उत्रिनुपर्ने बाध्यता आइलागेको उनको कथन थियो ।

अभियानका क्रममा दलित समुदायभित्र रहेका विभेदको विषयमा छलफल, बहस गरिने, अहिलेसम्म दलित समुदायको अवस्थामा सुधार नआउनुको पछाडिको कारणबारे देशव्यापी बहस चलाइने जनाइएको छ ।

‘संयुक्त दलित सङ्घर्षको राष्ट्रिय दलितमुक्ति जागरण अभियानले देशव्यापीरुपमा जागरण अभियान तथा विरोधका कार्यक्रम गर्ने जनाएको छ ।

सरस्वती पूजामा हुने विकृति रोक्न सक्रियता

वसन्तपञ्चमीका नाममा हुने छाडापन र विकृतिजन्य कार्य रोक्न सिरहाको स्थानीय प्रशासनले कडा नीति अपनाएको छ । सरस्वती पूजाको अवसरमा चर्को स्वरमा डिजे बाजा र अश्लिल गीत बजाउन रोक लगाउँदै स्थानीय प्रशासनले त्यस्तो कार्य गर्नलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै सरस्वती पूजामा डिजेबाजा र अश्लिल गीत बजाए कानूनबमोजिम कारवाही गरिने जनाएको छ । सरस्वती पूजामा डिजेबजाको प्रयोग नगर्न र भोजपुर, मैथिली, नेपाली अश्लिल किसिमको गीत नबजाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलद्वारा हस्ताक्षरित सूचनामा बेवास्ता गरी चर्को स्वरमा डिजे बजाउने, अश्लिल गीत बजाउनेलाई तत्काल पक्राउ गरिने उल्लेख छ ।

पक्राउ पर्ने डिजे जफत गरी सम्बन्धित व्यक्तिमाथि कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाइने जनाएको छ । साथै सरस्वती पूजाको नाममा विद्यालयले उठाइरहेको चन्दासमेत तत्काल रोक्न निर्देशन दिँदै सूचनामा विद्यार्थीबाट सरस्वती पूजाको नाममा जिल्लाका सामुदायिक तथा निजी विद्यालयले उठाइरहेको चन्दा नउठाउनु र उठाएको चन्दासमेत फिर्ता गर्न निर्देशन दिएको छ ।
रासस

वि.सं.२०७७ माघ ३० शुक्रवार १३:२२ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...