back
CTIZAN AD

जनयुद्ध दिवसको दिन प्रचण्ड र बाबुराम एउटै मञ्चमा देखिने

वि.सं.२०७७ माघ ३० शुक्रवार

1.5K 

shares

माघ ३०, काठमाडौं । तत्कालिन माओवादी जनयुद्धका सारथि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई अहिले फरक–फरक पार्टी र राजनीतिक अवस्थामा छन् । पछिल्लो केहि वर्षदेखि दुवै नेता फरक–फरक राजनीतिक पार्टीमा आबद्ध भएसँगै एउटै मञ्चमा पनि देखिएका छैनन् ।

तत्कालिन माओवादीले सुरु गरेको जनयुद्ध दिवसको दिन (फागुन १) गते दुवै नेता फेरि एउटै मञ्चमा देखिने भएका छन् । नेता भट्टराईले लेखेको किताब ‘गुमनाम आमाहरुको कथा’ नामक किताब विमोचनको अवसरमा दुवै नेता एक ठाउँमा देखिने भएका हुन् ।

विमोचन कार्यक्रममा प्रचण्डलाई प्रमुख वक्ताको रुपमा बोलाइएको छ । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका नेता अशोक राई, डा. मीना पौडेल र डा. अरुण गुप्तो पनि सहभागी हुने जनाइएको छ ।

पछिल्लो समय नजिक छन् प्रचण्ड र बाबुराम

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रचण्ड र बाबुराम नजिक छन् । दुवै नेता आबद्ध पार्टी अहिले संसद विघटनविरुद्व सडक आन्दोलनमा छ ।

यसबीच प्रचण्ड र बाबुरामबीच पार्टी एकतासम्मको छलफल चलेको छ । केहि साताअघि प्रचण्ड र बाबुराम उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा गोप्य छलफलमा थिए ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १५:३२ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...