१ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायण शर्माले जनयुद्धलाई भिन्न रुपमा अघि बढाउन दिएका छन् ।
२६ औँ जनयुद्ध दिवसको शुभकामना दिँदै नेता शर्माले जनयुद्धको लक्ष/उद्देश्य, मर्म/भावना र विचार/राजनीति सही भएको र यसले देशमा एउटा ठूलो राष्ट्रिय जागरण सहितको परिवर्तन समेत ल्याएकोले यो दिन सदा स्मरणीय र स्तुत्य रहेको भन्दै यसलाई भिन्न रुपमा अघि बढाउनु पर्नेमा जोड दिएका हुन् । उनी भन्छन् ‘शोषित/पीडित नेपाल र नेपालीको मुक्ती र प्रगतिको ढोका खोल्ने एक महान अभियानको रुपमा आज पनि जनयुद्धलाई भिन्न समय र भिन्न परिस्थितिमा भिन्न रुप र भिन्न तरिकाले अवलम्बन र कार्यान्वयन गर्नु पर्ने आवस्यकता खट्किएको छ ।’
शोषित(पीडित नेपाल र नेपालीको मुक्ती र प्रगतिको ढोका खोल्ने एक महान अभियानको रुपमा आज पनि जनयुद्धलाई भिन्न समय र भिन्न परिस्थितिमा भिन्न रुप र भिन्न तरिकाले अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवस्यकता खट्किएकोमा जोड दिएका हुन् ।
उनले भनेका छन् :
जनयुद्ध दिवस – अमर रहोस् !
आज फागुन १ गते अर्थात् जनयुद्ध थालनी गरिएको दिन । २६ औं जनयुद्ध दिवसको उपलक्षमा जनयुद्धका हिमायतीलगायत जनयुद्धबाट पीडित-पोषित सबैप्रति हार्दिक शुभकामना ।
यसै जनयुद्धका कारण आज देसमा एकातिर हजारौ-लाखौं मानिसहरु सहिद, बेपत्ता, घाइते-अपाङ्ग, एकल, निरीह, निसन्तान मात्र होइनः थप अयोग्य, उपेक्षित, शोषित, पीडित र अपमानित भै दासजस्तै हुनुपरेको दुखद् अवस्था छ भने अर्कातिर केही सय मानिसहरुलाई देउता, राजा, महाराजा, मालिक र प्रभु गराएको विचित्र विडम्बना भएको छ । त्यसैले आजको दिनलाई यी दुवैथरीले भिन्नाभिन्नै जोड र कोणबाट स्मरण गर्दछन् । पहिलो थरीले मनभित्रको पीडा पचाउँदै गौरव र गाथाको रुपमा सम्झना, सम्मान, स्वीकार र अवलम्बन गर्दै जनयुद्ध दिवस मनाउँछन् भने दोस्रो थरीले बाहिर-बाहिर हर्षसहित भित्रभित्र पश्चात्तापको रुपमा घृणा र तिरस्कार गर्दै जनयुद्ध दिवस मनाउँछन् वा मनाएको नौटङ्की र केवल औपचारिकता मात्र पूरा गर्छन् अथवा मनाउदै मनाउन्नन् किनकी उनीहरुलाई यसो गर्ने न मन छ, न त फुर्सद नै ।
जे होस्, क्रान्तिकारीहरुले भने यो दिनलाई जनयुद्ध दिवस मनाउँदा नेपालमा राजनीतिक क्रान्ती मार्फत सामाजिक-आर्थिक रुपान्तरण गर्ने महाअभियान सुरु गरिएको दिनको रुपमा सम्झना गर्दै गणतन्त्र स्थापना गर्ने अहं भूमिका र योगदान दिएको एक विशेष ऐतिहासिक महत्वको दिनको रुपमा सम्मान गर्दै मनाउने गर्दछौं । यसरी जनयुद्ध, यसका सहिद, बेपत्ता र घाइते योद्धाहरुलाई सम्झना गर्नु, श्रद्धाञ्जली दिनु, सलामी गर्नु र जनयुद्ध दिवसको अवसरमा शुभकामना दिनु नै उहाँहरुका विचार, भावना, सपना, जपना, कर्म र योगदानहरुको अवलम्बन र कार्यान्वयन गर्नु हो भने शहीदलगायतका जनयोद्धाहरुले देखाएको बाटोमा अघि बढ्नु नै उहाँहरुको सच्चा सम्मान गर्नु हो ।
तर दुखको कुरा, यत्रो ठूलो कुर्वानीका बावजूद पनि न जनवादी क्रान्ति पूरा हुन सकेको छ र जनताका आधारभूत अधिकारहरु प्राप्त भएका छन् न त राष्ट्रिय क्रान्ती नै सम्पन्न भएर देस पूर्ण स्वाधीन हुनसकेको छ । तथापि महान् जनयुद्धको लक्ष-उद्देश्य, मर्म-भावना र विचार-राजनीति सही भएको र यसले देशमा एउटा ठूलो राष्ट्रिय जागरण सहितको परिवर्तन समेत ल्याएकोले यो दिन सदा स्मरणीय र स्तुत्य छ । साथै शोषित-पीडित नेपाल र नेपालीको मुक्ती र प्रगतिको ढोका खोल्ने एक महान अभियानको रुपमा आज पनि जनयुद्धलाई भिन्न समय र भिन्न परिस्थितिमा भिन्न रुप र भिन्न तरिकाले अवलम्बन र कार्यान्वयन गर्नु पर्ने आवस्यकता खट्किएको छ । त्यसैले पनि जनयुद्धको मूल्य, महत्व र योगदान अतुल्य र अमूल्य छ अनि अनन्तसम्म अमर रहिरहने छ र रहिरहोस् भन्ने हार्दिक अपेक्षा र कामना गर्दछु ।
जनयुद्धबाट मुक्तिको चाहना गर्नुभएका सबैमा २६ औं जनयुद्ध दिवसको हार्दिक शुभकामना ।
महान् जनयुद्ध जिन्दावाद ।
महान् शहीदहरु अमर रहून् ।
वीर वेपत्ता योद्धा – जीवित होऊन् ।
घाइते-अपाङ्ग योद्धा – लाल सलाम ।
नेकपा माओवादी जिन्दावाद ।
नेपाली क्रान्ति जारी छ ।
मार्क्सवाद-लेनिनवाद-माओवाद जिन्दावाद ।।।
(लेखक जनयुद्ध स्थापना कालका १९ जना मध्येका एक हुन् । )
वि.सं.२०७७ फागुन १ शनिवार ०९:०२ मा प्रकाशित






























