back
CTIZAN AD

सुरक्षा गस्तीमा गएका प्रहरीको दुर्घटनामा परी मृत्यु

वि.सं.२०७७ फागुन १ शनिवार

732 

shares

सो दुर्घटनामा पर्ने अर्का प्रहरी हवल्दार राजेन्द्र लामा भने गम्भीर घाइते भएका छन् ।

१ फागुन । सुरक्षा गस्तीमा गएका एक प्रहरी जवानको सवारी दुर्घटनामा परी निधन भएको छ ।

मृत्यु हुनेमा चितवन जिल्ला साविक बेथौली–५ घरभई अस्थाई प्रहरी चौकी ग्राङमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर अर्याल रहेका छन् ।
रात्रिकालिन शान्ति सुरक्षाका लागि राम्चे क्षेत्रको गस्ती सम्पन्न गरी ग्राङ प्रहरी चौकी फर्कने क्रममा उहाँले चढेको प्रदेश नं ३ ९३००१ प ३३७५ नम्बरको मोटर साइकल राम्चे बजार नजिकैको खोल्छा छेउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए । गए राति भएको भएको सो दुर्घटनामा पासाङ ल्हामु राजमार्गबाट ३० मिटर तल मोटरसाइकल झरेको बताइएको छ । सो दुर्घटनामा पर्ने अर्का प्रहरी हवल्दार राजेन्द्र लामा भने गम्भीर घाइते भएका छन् । उनको अहिले प्रहरी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरी प्रमुख पाण्डेले बताए ।

दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि तत्काल नुवाकोटको त्रिशूली अस्पताल पठाउँदा चिकित्सकको परीक्षणबाट प्रहरी जवान अर्याललाई मृत घोषणा गरेको थियो भने नुवाकोट जिल्ला विदुर नगरपालिका–११ माथिल्लो गेर्खु बस्ने प्रहरी हवल्दार लामालाई थप उपचारका लागि तुरून्तै काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्विर

वि.सं.२०७७ फागुन १ शनिवार २०:२४ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...