back
CTIZAN AD

महाअभियोगको कलंकबाट मुक्त भए ट्रम्प, असफल बन्यो प्रस्ताव

वि.सं.२०७७ फागुन २ आइतवार

717 

shares

फागुन २, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्व दर्ता महाअभियोग प्रस्ताव असफल भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार शनिबार अमेरिकी सिनेटमा प्रस्तावमाथि भएको मतदानमा दुई तिहाई मत नपुगेसँगै असफल भएको हो ।

मतदानमा ५७ सीनेटर महाअभियोगको पक्षमा र ४३ सीनेटर महाअभियोगको विपक्षमा देखिएका थिए । ट्रम्पविरुद्व महाअभियोग पास हुनको लागि दुई तिहाई अर्थात् ६७ भोटको जरुरत पर्दथ्यो ।

सञ्चार माध्यमका अनुसार महाअभियोगको फैसला ट्रम्पको पक्षमा आएसँगै उनको राजनीतिक भविष्यमाथि समस्या नदेखिने भएको छ । महाअभियोगको प्रस्ताव असफल भएसँगै उनी आगामी २०२४ मा हुने राष्ट्रपतिय चुनावमा समेत उठ्न सक्ने भएका छन् । फैसलाले उनलाई आगामी चुनाव लड्न योग्यसमेत बनाएको छ ।

ट्रम्पमाथि अमेरिकी संसद भवनमा भएको हिंसामा आफ्ना समर्थकहरुलाई उक्साएको आरोपमा महाअभियोगको प्रस्ताव ल्याइएको थियो ।

राष्ट्रपतीय चुनावको नतिजा ट्रम्पको विपक्षमा घोषणा भएसँगै ट्रम्प र उनका समर्थकले धाँधली भएको बताईरहेका थिए । चुनावको नतिजालाई वैधानिकता दिन अमेरिकी संसदमा प्रक्रिया अगाडि बढाइएको दिन गत जनवरी ६ मा अमेरिकी संसदमा ट्रम्प समर्थकले हिंसा मच्चाएको थिए । हिंसामा परि ५ जनाको ज्यान गएको थियो ।

वि.सं.२०७७ फागुन २ आइतवार १३:५९ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...