२ फागुन, काठमाडौं । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको अभियोगमा महेन्द्रनगरका दिपेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
महेन्द्रनगर नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषाका २१ वर्षीय दिपेन्द्र मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मण्डलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०७७ फागुन २ आइतवार १४:१९ मा प्रकाशित






























