back
CTIZAN AD

घनश्याम भुसाललाई धक्का, तिलोत्तमाका मेयर र उपमेयर लागे ओली समूहतिर

वि.सं.२०७७ फागुन २ आइतवार

765 

shares

फागुन २, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मयेर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरी नेकपाको ओली समूहमा लागेका छन् । आइतबार प्रचण्ड–नेपाल समूह परित्याग गर्दै उनीहरु ओली समूहमा लागेका हुन् ।

ओली समूहका नेता तथा अर्थमन्त्री विष्णु पौडेलले उनीहरुलाई आफ्नो समूहमा भित्र्याएका छन् । यसको पुष्टी स्वंय पौडेलले आफ्नो फेसबुकमार्फत गरेका छन् ।

मेयर र उपमेयरसँगको तस्बिर फेसबुकमा शेयर गर्दै पौडेलले लेखेका छन् – साथै छौं, साथै रहनेछौं ।

साथै छौं, साथै रहनेछौं !

Posted by Bishnu Prasad Paudel on Saturday, February 13, 2021

ओली समूहको जनसभामा सहभागी हुन गएका पौडेलले मेयर र उपमेयरलाई आफ्नो समूहमा भित्र्याएका थिए ।

तिलोत्तमा नगरपालिका प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालको गृहनगर र निर्वाचन क्षेत्र हो । यसअघि पार्टी विभाजन हुँदै गर्दा मेयर घिमिरे र उपमेयर चौधरी प्रचण्ड–नेपाल समूहतिर लागेको थिए ।

विभाजनपश्चात ओली समूहले दुवैलाई केन्द्रीय समितिमा राखेपनि दुवैले अस्वीकार गरेका थिए । तर, एकाएक उनीहरु ओली समूहतिर लागेसँगै प्रचण्ड–नेपाल समूहमा ठूलो हलचल मच्चिएको छ ।

वि.सं.२०७७ फागुन २ आइतवार १६:३७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...