३ फागुन, काठमाडौं । नेपालमा सोमबार (३ फागुन) सम्म पिसीआर प्रविधिबाट २१ लाख २० हजार ९१ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३,५४१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १५८१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९६० जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ६२१ रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ५९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा १ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा २२ जना तथा कर्णाली प्रदेशमा २ जना गरी ५९ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा २ जना र लुम्बिनी प्रदेशमा ४ जना गरी जम्मा १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ७९ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्लाहरुमा भोजपुर, सोलुखुम्बु, मुस्ताङ, रुकुमपश्चिम र अछाम रहेका छन् ।
आज थपिएका १२२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ । साथै आज १४४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६९ हजार २०४ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको निधन भएको छ । शून्य रहेको छ । मन्त्रालयका अनुसार आज थपिएका एकजनासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५५ रहेको छ ।
आज देशैभरी थपिए १२२ जना कोरोनाका संक्रमित, १४४ जना निको, १ जनाको निधन
पछिल्लो २४ घण्टामा देशैभरी १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३ हजार ५४१ नमुना परीक्षणमा उपत्यकाका ७३ जनासहित १२२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ४२ र पुरुष ८० जना रहेका छन् । आज थपिएका १२२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।
त्यसैगरी आज देशैभरी १४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १४४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६९ हजार २०४ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट १ जनाको निधन भएको छ । मन्त्रालयका अनुसार आज थपिएका एकजनासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५५ रहेको छ ।
कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८९१ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।
जसमा प्रदेश नं १ मा ५, बागमती प्रदेशमा ७८८, गण्डकी प्रदेशमा ९ लुम्बिनी प्रदेशमा १०१, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ५४ जना गरी ९६० जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ६२१ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ फागुन ३ सोमवार १७:३० मा प्रकाशित






























