back
CTIZAN AD

गम्भीर खुलासा : भाजपा नेपाल र श्रीलंकामा सरकार बनाउने योजनामा छ

वि.सं.२०७७ फागुन ३ सोमवार

834 

shares

फागुन ३, काठमाडौं । नेपाली राजनीतिमा भारतीय पक्षको भूमिका हस्तक्षेपकारी छ । भारतले नेपाली राजनीतिमा आफ्नो ‘इन्टेस्ट’ लागु गराउन बेला–बेला खुला रुपमै सिधा प्रहार गर्ने गरेकाे देखिन्छ । संविधान निर्माण र घोषणा हुँदै गर्दा भारतले सिधा–सिधा हस्तक्षेप गर्न खोजेको थियो । तर, हस्तक्षेप अस्वीकार्य भएसँगै भारतले नेपालमा ६ महिनासम्म नाकाबन्दी नै लगाएको थियो ।

नेपाली राजनीतिमा अहिले फेरि नयाँ संकट देखापरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि नै प्रश्न उठाउँदै संसद विघटन गरेसँगै संकट देखापरेको हो । जुन कदमकै कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित बनेको छ भने अन्य दलभित्र पनि विभाजन र तीव्र धुव्रीकरणको सुरुवात भएको छ ।

नेपालको पछिल्लो राजनीतिक संकटबीच भारतको पूर्वी क्षेत्र त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवको गम्भीर अभिव्यक्ति सार्वजनिक भएको छ । नेपाली राजनीतिमा संकट मडारिएको बेला उनको अभिव्यक्ति अत्यन्तै गम्भिर देखिन्छ ।

नेपाल र श्रीलंकामा सरकार परिवर्तन गर्ने भारतको योजना

भारतीय जनता पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री विप्लवकुमार देवले भारतीय जनता पार्टी नेपाल र श्रीलंकामा आफ्नो पार्टीको विस्तार गर्दै शासन चलाउने योजनामा रहेको अभिव्यक्ति दिएका छन् । उनका अनुसार उक्त योजनामा भारतीय जनता पार्टीले गतिविधि अगाडि बढाईरहेको छ ।

विप्लवले एक सार्वजनिक कार्यक्रममा भनेका छन्, ‘अमित शाह जब बीजेपीको अध्यक्ष थिए, त्यसबेला उनले हामीलाई भाजपाले आफ्नो पार्टीको दायरा बढाउन चाहेको र नेपाल र श्रीलंकामा शासन चलाउने योजना बनाईरहेको बताएका थिए, राज्य अतिथि गृहभित्र भएको पार्टी आन्तरिक कार्यक्रममा शाहले उक्त योजनाको खुलासा गरेका थिए ।’

विप्लवका अनुसार अखण्ड भारत वर्ष बनाउने लक्ष्यअनुसार भाजपा अगाडि बढिरहेको छ ।

भारतीय कंग्रेसद्धारा छानबिनको माग

भारतीय विपक्षी पार्टी कंग्रेसले मुख्यमन्त्री विप्लवको भनाई अलोकतान्त्रिक भएको भन्दै आपत्ति जनाएको छ । नेपाल र श्रीलंकाबारे सार्वजनिक उनको भनाई छानबिन गर्न पनि कंग्रेसले माग गरेको छ ।

सोमबार कांग्रेसले छिमेकीको सम्प्रभूतामाथि धावा बोलिएको तर्क राख्दै तत्काल छानबिनको माग गरेको हो ।

सम्बन्धित समाचार

चीनको नेपाल चिन्ताप्रति भारतको असन्तुष्टि, फेरि के बोले नरवाणेले ?

वि.सं.२०७७ फागुन ३ सोमवार १७:४२ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...