back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ फागुन २ आइतवार

684 

shares

२ फागुन, काठमाडौं । नेपालमा आइतबार (१ फागुन) सम्म पिसीआर प्रविधिबाट २१ लाख १७ हजार ५० वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३,५०१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १६०४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८९१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७१३ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ६१ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा ३५ जना, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा २० जना तथा कर्णाली प्रदेशमा २ जना गरी ६१ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा ११ जना र लुम्बिनी प्रदेशमा ४ जना गरी जम्मा १५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ८७ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्लाहरुमा भोजपुर, सोलुखुम्बु, मुस्ताङ, रुकुमपश्चिम र अछाम रहेका छन् ।

आज थपिएका १०४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ । साथै आज १३१ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५४ रहेको छ ।

आज देशैभरी १०४ जनामा कोरोना संक्रमण, १३१ जना संक्रमणबाट मुक्त
पछिल्लो २४ घण्टामा देशैभरी १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशैभरी गरिएको ३,५०१ नमुना परीक्षणमा उपत्यकाका ६१ जनासहित १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ४८ र पुरुष ५६ जना रहेका छन् । आज थपिएका १३१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६९ हजार ६० पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५४ रहेको छ ।

केही दिनयता कोरोना संक्रमणबाट निधन हुने र संक्रमण हुनेको संख्या कम हुँदै गएको छ । मन्त्रालयका अनुसार शनिबार र आइतबार संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८९१ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।

जसमा बागमती प्रदेशमा ७१७, गण्डकी प्रदेशमा १८ लुम्बिनी प्रदेशमा ९६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ५४ जना गरी ८९१ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ७१३ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा फागुन १ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ फागुन २ आइतवार १७:०८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...