back
CTIZAN AD

ओलीसँग तीव्र असन्तुष्ट छन् बादल, जुनसुकै बेला हुन सक्छ विद्रोह

वि.सं.२०७७ फागुन २ आइतवार

741 

shares

फागुन २, काठमाडौं । प्रचण्ड समूह छाडेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ओली समूहमा पुगेपछि निकै समस्यामा परेका छन् । सम्झौताअनुसारको पद नमिल्नु र पार्टीभित्रको कार्यविभाजनमा आफ्नो पक्षलाई पाखा पन्छाइएसँगै उनी समस्यामा परेका हुन् ।

पछिल्लो समय भएका सरकारी नियुक्ती, पार्टीभित्रको कार्यविभाजन र पार्टी संगठनहरुको भेलामा पूर्वमाओवादी खेमासहित बादल समूहलाई पुरै पाखा पन्छाइएको थियो । बादल निकटस्थले बताएअनुसार पूर्वमाओवादी खेमा र बादल समूहलाई जबरजस्त वेवास्ता गरिएसँगै समस्या पैदा भएको हो ।

गत माघ ८ मा ओली समूह निकटको प्रेस संगठन र माघ २६ मा राष्ट्रिय युवा संघको भेला भएको थियो । ती दुवै भेलामा पूर्वमाओवादी खेमासहित बादल समूहलाई वेवास्ता गरिएको थियो ।

दुवै भेलाबाट ओली निकटस्थले नै जिम्मेवारी पाएका छन् । तर, पूर्वमाओवादी र बादल निकटस्थ बहिस्करणमा परेका छन् । पत्रकारको भेला र युवाको भेलामा वेवास्ता गरिएपछि पूर्वमाओवादी तथा बादल समूहले बहिस्कार गर्दै आपत्तिसमेत जनाएको थियो ।

निकटसँग बादलको गुनासो – कता जाने ?

प्रचण्डविरुद्व आक्रामक अभिव्यक्ति दिँदै ओली निकट बनेका बादल यतिबेला कता जाने भन्ने दोधारमा पुगेका छन् । उनले आफुँ निकटस्थलाई भेला गराएरै जाने ठाउँ नै नभएकोसमेत गुनासो पोखेका छन् ।

युवा र पत्रकारको भेलामा बहिस्करणमा परेलगत्तै बादलले आफुँ निकटस्थलाई भेला पारेर ‘अप्ठ्यारोमा परियो, कता जाने ?’ भन्दै गुनासो गरेको कुरा बाहिरिएको थियो । उनले जाने ठाउँ नै नभएको पनि निकटस्थलाई बताएका थिए ।

यता पछिल्लो घटनाक्रमसँगै अप्ठ्यारोमा परेका उद्योगमन्त्री लेखराज भट्टले पनि जनता समाजवादी पार्टीसँग वार्ता गर्न पुगेको विषय बाहिरिएको छ ।

विद्रोह हुनसक्छ : बादल निकटस्थ

बादलनिकटस्थले बताएअनुसार ओली समूहमा प्रवेश गर्दै गर्दा बादललाई ओली पछिको जिम्मेवारी र सम्मान दिईने आश्वासन दिइएको थियो । तर, त्यो आश्वासन तत्कालै लागु भएन । सँगै ओली समूहभित्र उनी र उनको समूहलाई नै पाखा पन्छाउने स्थिति बनाईयो ।

प्रचण्डविरुद्व निरन्तर आक्रामक अभिव्यक्ति दिईरहेका बेला ओलीले उनी र उनको समूहलाई वेवास्था गर्न थालेको निकटस्थको भनाई छ । जनयुद्ध दिवसको दिन पनि कुनै कार्यक्रम गर्न नदिएसँगै पूर्वमाओवादी र बादल समूहमा थप नैतिक समस्या पनि परेको बताइएको छ ।

बादल निकटस्थले बताएअनुसार जाने ठाउँ नभएपनि विद्रोह गर्ने अवस्था भने सिर्जना भएको छ । जसको परिणाम छिट्टै आउनेसमेत निकटस्थ बताउँछन् ।

जानकारका अनुसार यता यता मन्त्री मणि थापासँगै दाबा लामा तामाङ र गौरीशंकर चौधरी ओली समूहबाट बाहिरिनुपर्छ भन्ने लाईनमा पुगेका छन् ।

वि.सं.२०७७ फागुन २ आइतवार १८:०८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...