back
CTIZAN AD

तपाईको आज (सोमबार) को राशिफल, आज यी सात राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७७ फागुन ३ सोमवार

705 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । कर्मयोगले भविष्यको बाटो समाउनेछ। पहिलो प्रयासमै काम बन्नेछ । सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ । मिहिनेतले लाभ दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अप्ठ्यारो परिस्थितिमा पनि केही अवसर पाइनेछ । तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला । परिस्थितिवश चिताएको काममा समस्या आउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला । चिताएका काममा बाधा पुग्न सक्छ । जीवनशैलीमा सुधार ल्याउन आवश्यक देखिन्छ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा केही ढिलासुस्ती हुन सक्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुपर्नेछ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
छोटो समयमा मनग्गे फाइदा हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढ्नुका साथै जीवनशैलीमा पनि परिवर्तन आउनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
केही दौडधुप गर्नु परे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । दिगो काममा जग बसाउने मौका छ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । मिहिनेतको प्रतिफल न्यून हुनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ, वादविवादमा अघि नसर्नुहोला । साझेदारीमा मतभेद देखा पर्नाले समस्या आउन सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सहयोग जुट्नेछ । योजना गोप्य रहँदा फाइदा हुनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक लाभ समेत दिलाउन सक्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । नयाँ अवसरले उत्साह जगाउनेछ भने सहयोगीहरूले काममा साथ दिनेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारसमेत प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । पारिवारिक जमघटले आनन्द दिलाउनेछ । मिहिनेतले आत्मविश्वास पनि बढाउनेछ ।

२०७७ फागुन ३ गते, सोमवार, (१५ फेब्रअरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज (आइतबार) राशिफल हेरेरे सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात

वि.सं.२०७७ फागुन ३ सोमवार ०७:४८ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...