१ फागुन, काठमाडौं । नेपालमा शनिबार (१ फागुन) सम्म पिसीआर प्रविधिबाट २१ लाख १३ हजार ५४९ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट १९०० नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १६३१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९८२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ६४९ रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ५६ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा २० जना तथा कर्णाली प्रदेशमा २ जना गरी ५६ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी बागमती प्रदेशमा १४ जना र लुम्बिनी प्रदेशमा ३ जना गरी जम्मा १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ८७ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्लाहरुमा भोजपुर, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ, रुकुमपश्चिम र अछाम रहेका छन् ।
आज थपिएका ५७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७२ हजार ६१४ पुगेको छ । साथै आज १३३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६८ हजार ९२९ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५४ रहेको छ ।
पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ५७ संक्रमित, १३३ जना निको
पछिल्लो २४ घण्टामा देशैभरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशैभरी गरिएको १९०० नमुना परीक्षणमा १५७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला २७ र पुरुष ३० जना रहेका छन् । आज थपिएका ५७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ६१४ पुगेको छ ।
त्यसैगरी आज देशैभरी १३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६८ हजार ९२९ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५४ रहेको छ ।
क्ेही दिनयता कोरोना संक्रमणबाट निधन हुने र संक्रमण हुनेको संख्या कम हुँदै गएको छ ।
कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९८२ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।
जसमा बागमती प्रदेशमा ७९९, गण्डकी प्रदेशमा १८ लुम्बिनी प्रदेशमा १०९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ५३ जना गरी ९८२ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ६४९ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।
नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या १७०७ मात्रै, यस्तो छ अन्य अपडेट
वि.सं.२०७७ फागुन १ शनिवार १७:५२ मा प्रकाशित






























