३० माघ, काठमाडौं । नेपालमा शुक्रबार (३० माघ) सम्म पिसीआर प्रविधिबाट २१ लाख ११ हजार ६४९ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १७०७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १ हजार ४ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७०३ रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ६२ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा २० जना तथा कर्णाली प्रदेशमा २ जना गरी ६२ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी बागमती प्रदेशमा ११ जना र लुम्बिनी प्रदेशमा ३ जना गरी जम्मा १४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ८७ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्लाहरुमा इलाम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ, रुकुमपश्चिम र अछाम रहेका छन् ।
आज थपिएका १२७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ । साथै आज १३६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज थपिएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २०५४ पुगेको छ ।
आज देशैभरी १२७ जनामा कोरोना संक्रमण, १३६ जना संक्रमणबाट मुक्त, २ जनाको निधन
पछिल्लो २४ घण्टामा देशैभरी १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशैभरी गरिएको ४००० नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ४७ र पुरुष ८० जना रहेका छन् । आज थपिएका १३६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ ।
त्यसैगरी आज देशैभरी १३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी २ जना कोरोना संक्रमितको निधन भएको छ । मन्त्रालयका अनुसार आज २ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५४ पुगेको छ ।
कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १००४ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।
जसमा बागमती प्रदेशमा ८१४, गण्डकी प्रदेशमा १८ लुम्बिनी प्रदेशमा १०९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ६० जना गरी १००४ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ७०३ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा माघ २९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ माघ ३० शुक्रवार १६:१५ मा प्रकाशित






























