back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा माघ २९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ २९ बिहीवार

687 

shares

२९ माघ, काठमाडौं । नेपालमा बिहिवार (२९ माघ) सम्म पिसीआर प्रविधिबाट २१ लाख ७ हजार ६४९ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार २३ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १७१८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७९३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ९२५ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ६४ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा २२ जना तथा कर्णाली प्रदेशमा २ जना गरी ६४ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा ११ जना र लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ८७ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्लाहरुमा इलाम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ, रुकुमपश्चिम र अछाम रहेका छन् ।

आज थपिएका ८१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । साथै आज १११ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थपिएका ५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २०५२ पुगेको छ ।

आज देशैभरी थपिए ८१ जना कोरोना संक्रमित, १११ निको, ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशैभरी ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशैभरी गरिएको ३०२३ नमुना परीक्षणमा उपत्यकाका ३३ जनासहित ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ३७ र पुरुष ४४ जना रहेका छन् । आज थपिएका ८१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।

त्यसैगरी आज देशैभरी १११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६८ हजार ६६० पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी ५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आज ५ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५२ रहेको छ ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९२५ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।

जसमा बागमती प्रदेशमा ७३५, गण्डकी प्रदेशमा २२ लुम्बिनी प्रदेशमा ९९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ६६ जना गरी ९२५ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ७९३ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ३.४ प्रतिशतमा झर्यो, यस्तो छ हालसम्मको अन्य अपडेट

वि.सं.२०७७ माघ २९ बिहीवार १७:५३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...