back
CTIZAN AD

नेपालमा कोरोना संक्रमितको संख्या ३.४ प्रतिशतमा झर्यो, यस्तो छ हालसम्मको अन्य अपडेट

वि.सं.२०७७ माघ २८ बुधवार

738 

shares

२८ माघ, काठमाडौं । नेपालमा बुधबार (२८ माघ) सम्म पिसीआर प्रविधिबाट २१ लाख ४ हजार ६२६ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ५६७ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १७५३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८४६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ९०७ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ७२ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमती प्रदेशमा ३७ जना, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा २७ जना तथा कर्णाली प्रदेशमा १ जना गरी ७२ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा १४ जना र लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा १६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ९२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्लाहरुमा भोजपुर, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ, कालिकोट, रुकुमपश्चिम, मुगु र अछाम रहेका छन् ।

आज थपिएका १३४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ । साथै आज ११८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २०४७ रहेको छ ।

आज देशैभर १३४ जनामा कोरोना संक्रमण, ११८ जना निको
पछिल्लो २४ घण्टामा देशैभरी १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशैभरी गरिएको ३५६७ नमुना परीक्षणमा उपत्यकाका ६५ जनासहित १३४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ६३ र पुरुष ७१ जना रहेका छन् । आज थपिएका १३४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ११८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ११८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६८ हजार ५४९ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी मृत्युको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०४७ रहेको छ ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८४६ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।

जसमा प्रदेश १ मा ४, बागमती प्रदेशमा ६४९, गण्डकी प्रदेशमा २६ लुम्बिनी प्रदेशमा १०४, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ६० जना गरी ८४६ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ९०७ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा माघ २७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ २८ बुधवार १६:४६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...