back
CTIZAN AD

जनतालाई आश्वस्त पार्दै प्रचण्डले भने – लडाईँ कुर्सीका लागि हुँदै होइन् !

वि.सं.२०७७ माघ २८ बुधवार

885 

shares

माघ २८, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुँहरुको लडाईँ कुर्सी र प्रधानमन्त्री पद पाउनका लागि नभएको स्पष्ट पारेका छन् । उनले आफुँहरुको लडाईँ पार्टीको घोषणापत्रअनुसार व्यवस्था बनाउनेतर्फ रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको घोषणापत्रलाई कुल्चीएर अगाडि बढेपछि आफुँहरु सडकमा आउन बाध्य भएको प्रचण्डको भनाई छ ।

‘यो देशमा अति भयो भ्रष्टाचार, भ्रष्टाचारलाई नियन्त्रण गर्नेछौं, सुशासन दिनेछौं र पारदर्शी तरिकाले शासन चलाउने छौं भनेका थियौं, सबै उत्पीडित जाती, वर्ग, क्षेत्र, लिङ्गका मागलाई पुरा गर्न लिपिबद्ध गरेर राखेका थियौं’, सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तर दुर्भाग्य, मिस्टर केपी ओलीले हाम्रा ति सबै सपनामाथि तुसारापात गरे, हाम्रो लडाईँ त्यहि प्रतिबद्धता पुरा गर्न हो ।’

उनले जनताका समक्ष गरेका प्रतिबद्धताबाट आफुँहरु टाढा नगएको पनि बताए । ‘हामीले हिजो घोषणापत्रमा जे भन्यौं, भ्रष्टाचार मुक्त समाजको, सुशासनको, सामाजिक न्यायको प्रतिबद्धता जुन गर्यौं, अहिले पनि हाम्रो प्रतिबद्धता त्यहि नै छ’, प्रचण्डले भने ।

प्रचण्डले आफुँहरु कुर्सी र प्रधानमन्त्रीका लागि लडेको कुरा सत्य नभएको बताए । प्रचण्डले अघि भने, ‘हामीलाई कुर्सी चाहिएको होइन्, प्रधानमन्त्री चाहिएको होइन्, हामीलाई जनताको हक अधिकार चाहिएको हो, हामीलाई हजारौं शहिदहरुको सम्मान चाहिएको छ, त्यसैको निम्ति हामी लड्दैछौं, यो लडाईँ केपी ओली व्यक्तिका निम्ति होइन् ।’

प्रचण्डले आफ्ना कमजोरी केलाउन पनि आफुँहरु लागेको बताएका छन् । उनका अनुसार ओलीसँगको संगतसँगै प्रचण्ड–नेपाल पक्षमा पनि धेरै समस्या आएका छन् ।

‘केपीसँग लड्छौं भन्दा तिनको धुलोमैलौ पनि हामीमा सर्यो, त्यसकारण हामीले आन्दोलन गर्दा भनेका छौं, ‘केपीबाट अलिकति सरेको धुलोमैलौ, सफा गर्दैछौं’, हामी समिक्षा गर्दैछौं, हामी कहाँ चुक्यौं’, उनले भने ।

वि.सं.२०७७ माघ २८ बुधवार १६:५४ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...