back
CTIZAN AD

प्रचण्डको चेतावनी – संविधानको अक्षर र भावना विपरित फैसला गरिए विद्रोह हुन्छ

वि.सं.२०७७ माघ २८ बुधवार

831 

shares

माघ २८, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतले संसद विघटनलाई मान्यता दिए विद्रोह हुने चेतावनी दिएका छन् । बुधबार आफुँ पक्षीय विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘मैंले सुरुदेखि भन्दै आएको छु, यदि संविधानको अक्षर र भावना विपरित, नेपाली जनताको चाहना विपरित केहि काम गरियो भने त्यो दुर्भाग्यपूर्णं हुनेछ, त्यो नेपाली जनतालाई सह्यै हुनेछैन्’, प्रचण्डले भने, ‘जनताको यो शान्तीपूर्णं आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ? प्रत्येकले विचार गर्न जरुरी छ ।’

उनले सर्वोच्चका न्यायाधीशहरुलाई संविधान र जनभावनाको हेक्का राख्न आग्रह गरे । अदालतले छिट्टै संसद पुनस्र्थापनाको पक्षमा फैसला गर्नेमा आफुँ विश्वस्त रहेको प्रचण्डको भनाई छ ।

प्रचण्डले भनेका छन्, ‘यो लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका न्यायाधिशहरुले पनि देख्नुभएको छ राम्रोसँग । जनता के चाहेका छन् ? जनभावना केछ ? मलाई लाग्छ, सर्वोच्च अदालतका हाम्रा सम्मानित न्यायाधीशहरुले यो जनभावनालाई हेर्नुभएको छ र अब छिट्टै ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनुहुनेछ ।’

वि.सं.२०७७ माघ २८ बुधवार १७:३७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...