back
CTIZAN AD

मिक्लाजुङ शिक्षक हत्या प्रकरणः विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा दायर

वि.सं.२०७७ फागुन ४ मंगलवार

714 

shares

४ फागुन, विराटनगर । मोरङको मिक्लाजुङमा भएको शिक्षक हत्या प्रकरणमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका नेता नेत्र विक्रम चन्द (विप्लव) सहित ४२ जनामाथि मुद्दा दायर गरिएको छ ।

मिक्लाजुङ गाउँपालिका १ को सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएको दुईमहिना पछि मोरङ जिल्ला अदालतमा सोमबार नेता विप्लवसहित ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा पेश गरेको छ ।

शिक्षक हत्याको आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विश्वकर्मालाई पक्राउ गरिएको थियो ।

संखुवासभा मादी ४ का धनबहादुर बिक, कपिलवस्तु शिवराज ९ का विप्लव भनिने नेत्र विक्रम चन्द, कालिकोट नरहरिनाथ ६ का खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायतका विरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र प्रसाद धमलाले जानकारी दिएको मंगलबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

प्रधानाध्यापक श्रेष्ठलाई मंसिर २३ गते घरबाट जंगलमा लगेर हत्या गरेका थिए । हत्यापछि सो समूहले शिक्षक श्रेष्ठको हत्या आफूहरुले गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

वि.सं.२०७७ फागुन ४ मंगलवार ०८:४९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...