४ फागुन,काठमाण्डौं । काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागले ‘स्वस्थ्य मिर्गौला-स्वस्थ्य काठमाडौं’ अभियान सुरु गरेको छ ।
महानगरको उक्त अभियान अन्तर्गत यहि फागुन ५ गते (बुधबार) देखि ६ महिनासम्म काठमाडौंका ३२ वटै वडामा निःशुल्क मिर्गौला परीक्षण हुने हुनाले सहभागी हुन अनुरोध गरिएको छ ।
‘समयमा नै आफ्नो मिर्गौलाको स्वास्थ्य अवस्था परीक्षण गरौं: स्वास्थ्य मिर्गौला स्वस्थ्य काठमाडौं कार्यक्रम सफल गरौं’ भन्ने नाराका साथ महानगरले यस्तो अभियान सुरु गरेको हो ।
महानगरद्धारा मंगलबार जारी सूचना अनुसार वडामा बसोबास गरिरहेका नागरिकले काठमाडौं महानगरपालिकाले वडामा संचालन गरेको सामुदायिक सहरी स्वास्थ्य क्लिनकमा गई पिसाबको प्रारम्भिक परीक्षणमार्फत् आफ्नो मिर्गौलाको स्वास्थ्य अवस्था बुझ्न सकिनेछ ।

वि.सं.२०७७ फागुन ४ मंगलवार ०९:२६ मा प्रकाशित






























