४ फागुन, काठमाडौँ । अष्ट्रेलिया विरुद्धको टि-२० श्रृखलाका लागि न्यूजिल्याण्ड क्रिकेट र्बोडले आफ्नो टिमको घोषणा गरेको छ । केन विलियमसनको कप्तानीमा न्यूजिल्याण्ड क्रिकेट र्बोडले अष्ट्रेलिया विरुद्धको टि-२० श्रृखला खेल्ने लागि १३ खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।
अष्ट्रेलिया क्रिकेट र्बोडले न्यूजिल्याण्ड विरुद्धको टि-२० श्रृखलाका लागि पहिले नैँ आफ्नो टिमको घोषणा गरिसकेको छ । न्यूजिल्याण्ड र अष्ट्रेलिया बिचको ५ खेलको टि-२० श्रृखला फेब्रुअरी २२ बाट सुरु हुनेछ ।
अष्ट्रेलिया विरुद्धको टि-२० श्र्रखलाका लागि न्यूजिल्याण्डको टिम :
केन विलियमसन, हमीश बेनेट, ट्रेन्ट बोल्ट, मार्क चैपम्यान, डेभन कोन्वे, मार्टिन गुप्टिल, काइल जैमीसन, जिमी नीशम, ग्लेन फिलिप्स, मिशेल सन्तनर, टिम सेफर्ट, ईश सोधी, टिम साउदी।
वि.सं.२०७७ फागुन ४ मंगलवार १५:५७ मा प्रकाशित



























