back
CTIZAN AD

त्रिपुराका मुख्यमन्त्रीको विवादास्पद बयान, नेपाली पक्षले गरायो ध्यानाकर्षण

वि.सं.२०७७ फागुन ४ मंगलवार

696 

shares

फागुन ४, काठमाडौं । भारतको त्रिपुराका मुख्यमन्त्री विप्लव देवले दिएको विवादास्पद अभिव्यक्तिप्रति नेपाली पक्षले भारतको ध्यानाकर्षण गराएको छ । भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका अधिकारीसँग भेट गर्दै अभिव्यक्तिबारे ध्यानाकर्षण गराएका हुन् ।

जसबारे भारतीय विदेशमन्त्राललयले बुझ्ने काम भईरहेको जवाफ दिएको बताइएको छ ।

भारतीय जनता पार्टीका नेतासमेत रहेका त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले भाजपा नेपाल र श्रीलंकामा आफ्नो पार्टी विस्तार गर्दै शासन चलाउने योजनामा रहेको अभिव्यक्ति दिएका थिए । उनले उक्त योजनामा सरकारले काम अगाडि बढाईरहेको बताएका थिए ।

विप्लवले सोमबार एक सार्वजनिक कार्यक्रममा भनेका छन्, ‘अमित शाह जब बीजेपीको अध्यक्ष थिए, त्यसबेला उनले हामीलाई भाजपाले आफ्नो पार्टीको दायरा बढाउन चाहेको र नेपाल र श्रीलंकामा शासन चलाउने योजना बनाईरहेको बताएका थिए, राज्य अतिथि गृहभित्र भएको पार्टी आन्तरिक कार्यक्रममा शाहले उक्त योजनाको खुलासा गरेका थिए ।’

विप्लवदेवको अभिव्यक्ति भारतभित्र पनि विरोध भईरहेको छ । भारतीय कांग्रेसले उनको अभिव्यक्तिमाथि तत्काल छानबिन गर्न माग गरेको छ ।

विप्लवदेवको अभिव्यक्तिप्रति नेपालका राजनीतिक दलहरुले पनि आपत्ती जनाउँदै आएका छन् ।

सम्बन्धित समाचार

गम्भीर खुलासा : भाजपा नेपाल र श्रीलंकामा सरकार बनाउने योजनामा छ

चीनको नेपाल चिन्ताप्रति भारतको असन्तुष्टि, फेरि के बोले नरवाणेले ?

भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेता भिम रावलको कडा आपत्ति

वि.सं.२०७७ फागुन ४ मंगलवार १५:५१ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...