back
CTIZAN AD

नेप्सेमा दोहोरो अकंको वृद्धि, यी कम्पनीका लगानीकर्ताले उच्च अकंले कमाए

वि.सं.२०७७ फागुन ४ मंगलवार

591 

shares

४ फागुन, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार दोहोरो अकंले बढेको छ । नेप्सेमा दोहोरो अकंको वृद्धिसँगै बैंकिङ, विकास बैंक, अन्य र सामुहिक लगानी कोषका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन । ती बाहेक होटल्स, वित्त कम्पनी, जीवन बीमा, व्यापार, जलविद्यृत निर्जीवन बीमा, उत्पादन मूलक तथा लघुवित्त लगायतका लगानीकर्ताहरु गुमाउनेमा परेका छन ।

आज बजार परिसूचक १५ दशमलव ५ अकंले बढेर समग्र परिसूचक २६०१ दशमलव ५१ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ४ दशमलब ०९ अकंले बढेर ४७३ दशमलब ५३ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २०८ कम्पनीको १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैंया बराबरको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७६ हजार ४ सय ९३ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नविल बैंक, ग्लोबल आईएमी बैंक, नेपाल बैंक, नेक्को इन्स्योरेन्स कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नविल बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै चन्द्रगीरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले १० प्रतिशतले कमाएका हुन । त्यसतै नेपाल इन्फास्ट्रक्चर बैंक, मिरमिरे लघुवित्त, कर्पोरेट डेभलेपमेण्ट बैंक लगायतका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन भने शाधना लघुवित्त, पाँचथर पावर कम्पनी, वरुण हाइड्रोपावर, स्वाभिमान लघुवित्त लगायतका लगानीकर्ताहरुले गुमाउनेमा परेका छन ।

आज भएको कारोबारमा ५३ कम्पनी लागनीकर्ताले कमाउदाँ ११५ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ७ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १५:३२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...